मन्त्री अधिकारीद्वारा रासस अवलोकन
काठमाडाैं | मंसिर ४, २०८१
काठमाडौं: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आज भद्रकालीस्थित राष्ट्रिय समाचार समिति (रासस(केन्द्रीय कार्यालय, भद्रकालीको अवलोकन भ्रमण गर्नुभयो ।
अवलोकनपछि मन्त्री अधिकारीले नापी तथा मालपोतलगायत भूमि व्यवस्थासँग सम्बन्धित पुराना ऐन, कानुन, कार्यविधि र पुरातन मानसिकताका कारण कामकाज गर्न कठिन भएको बताउँदै पुराना तथा बाझिएका ऐन, नियम, कानुन संशोधन तथा परिमार्जन प्रक्रियामा अहिले मन्त्रालय क्रियाशील रहेको जानकारी दिनुभयो ।
धरान, भैरहवा, वीरगन्ज, जनकपुर, कृष्णनगरजस्ता महत्वपूर्ण सहर तथा व्यापारिक केन्द्रसहित देशव्यापी रूपमा जग्गाको स्वामित्व, भोगचलन र उपयोगका बारेमा विवाद तथा झमेला रहेको उल्लेख गर्दै उहाँले भूमि व्यवस्थासँग सम्बन्धित समस्या समाधानका लागि आवश्यक नीतिगत व्यवस्थासहित सुशासनलाई प्राथमिकता दिनेगरी मन्त्रालयमा कामकाज भइरहेको स्पष्ट गर्नुभयो ।
सो अवसरमा मन्त्री अधिकारीले राससको समाचार सम्पादन शाखाको निरीक्षण गर्दै समाचार सङ्कलन, सम्पादन तथा सम्प्रेषणका विषयमा जानकारी लिनुभयो ।
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र महाप्रबन्धक सिद्धराज राईले मन्त्री अधिकारीलाई राससमा स्वागत गर्नुभएको थियो ।
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...
पोखरा । गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...
लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र अल जजिराले उद्धृत गरे अनुसार दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली आक्रमणमा एक पत्रकारसहित पाँच जनाको मृत्यु भएको छ । रिपोर्टका अनुसार, सुरुमा द...

