जिपी कलेजका पत्रकारिता अध्ययनरत विद्यार्थीले गरे ‘रासस’ अवलोकन
काठमाडाैं | मंसिर ३, २०८१

काठमाडौं: जिपी कोइराला मेमोरियल कलेजमा पत्रकारिता अध्ययनरत विद्यार्थीले राष्ट्रिय समाचार समिति(रासस)बाट गरिने समाचार सङ्कलन, सम्पादन र सम्प्रेषणबारे जानकारी लिएका छन् ।
कलेजमा स्नातक तह तेस्रो र चाँैथो वर्षमा पत्रकारिता विषयमा अध्ययनरत ४५ जना विद्यार्थीले आज रासस मिडिया सङ्ग्रहालय, समाचार कक्षको अध्ययन तथा अवलोकन गरेका हुन् ।
त्यस अवसरमा राससका अध्यक्ष धर्मेन्द्र झाले समाचारका धेरै प्रश्नको उत्तर ‘फिल्ड’ मा गएर मात्र भेटिने भएकाले स्थलगत रिर्पोटिङको महत्वबारे विद्यार्थीलाई जानकारी गराउनुभयो ।
उहाँले राससबाट हुने समाचार सेवा प्रवाहबारे प्रकाश पार्दै भन्नुभयो,“राससले नेपाली, अङ्ग्रेजी, मैथिली, नेपाल भाषालगायत फोटोसहित दैनिक ७ सयवटा कन्टेन्ट उत्पादन गर्दछ । सेवा २४ सै घण्टा दिइरहेका छाँै ।”
राससका महाप्रबन्धक सिद्धराज राईले रासस सरकारी सञ्चारमाध्यम र न्युज बैँकको रूपमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“हाम्रो ग्राहक भनेका मिडिया हुन् । हामीले समाचार उत्पादन गर्छौँ । ती समाचार आवश्यकताअनुसार प्रयोग हुन्छन् ।”
उहाँले पत्रकारिताका विद्यार्थीले जहिल्यै पनि ‘किन’ भन्ने प्रश्न गर्नुपर्ने तथा प्रश्न सोध्न डराउन नहुने सुझाउनुभयो ।
कलेजका शिक्षक शिवहरि घिमिरेले विद्यार्थीलाई समय–समयमा सैद्धान्तिक ज्ञानसँगै यस्ता खालका व्यवहारिक ज्ञानले कक्षाकोठाभन्दा राम्रो सिकाइको काम गर्ने बताउनुभयो ।
धादिङ: जेनजी आन्दोलनमा प्रहरीसँग विवाद गरी भाइरल भएका युवा आमाकै हत्या आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीकी ३० वर्षीय य...
झापा : एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा नेपाल प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ जिल्ला केराबारी गाउँपालिका –२ घर भई जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत ...