‘नाट्टा’ गण्डकी र चरक मेमोरियलबीच ‘एमओयू’
काठमाडाैं | साउन ५, २०७९
कास्की: नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा) गण्डकी प्रदेश र चरक मेमोरियल अस्पतालबीच सम्झौता (एमओयू) भएको छ ।
समितका सदस्यहरु लगायत सदस्य कम्पनीमा कार्यरत कर्मचारीहरुलाई स्वास्थ्य उपचारमा सहजता एवं सहुलियत प्रदान गर्ने उदेश्यले नाट्टा गण्डकी प्रदेश तथा चरक मेमोरियल हस्पिटलबीच विभिन्न स्वास्थ परिक्षण लगायतका विषयमा द्विपक्षीय सम्झौता गरिएको हो ।
बुधबार एक कार्यक्रमको आयोजना गर्दै हस्ताक्षर पत्रमा नाट्टा गण्डकी प्रदेशकोतर्फबाट संघका अध्यक्ष हरिराम अधिकारी र महासचिव संगिता पौडेलले हस्ताक्षर गरेकी थिइन् भने चरक ममोरियल हस्पिटलको तर्फबाट अध्यक्ष रामचन्द्र रेग्मी र प्रबन्ध निर्देशक कपिल पोखरेलले हस्ताक्षर गरेका हुन् ।
द्विपक्षीय सम्झौता अनुसार फार्मेसिमा ५ प्रतिशत, बेड, ल्याव, रेडियोलोजी, शल्यक्रियामा १० प्रतिशत, होलबडी जाँचमा २५ प्रतिशत तथा यूरोप तथा अमेरिकामा भ्रमणका लागि १ लाख बराबरको हवाई टिकेट जारी गर्ने सदस्यहरुलाई समेत होलबडी जाँचमा २५ प्रतिशत सहुलियत प्रदान गरिने छ ।
उक्त सम्झौता हाललाई १ बर्ष सम्मको लागि गरिएको र आगामी वर्षपनि निरन्तरता दिदैं जाने नाट्टाकी महासचिव संगीता पौडेलले जानकारी दिइन् ।
सम्झौता हस्तारक्षर कार्यक्रममा नाट्टा गण्डकी प्रदेशका कार्यसमिति, पुर्व अध्यक्ष, परिषदका संयोजक बासुदेब त्रिपाठी, हस्पिटलका डाक्टरहरु एवं प्रशासकीय अधिकृत लगायतको उपस्थिति रहेको थियो ।

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

