विन्ध्येश्वरी आदर्श बोर्डिङमा पिस पोष्टर प्रतियोगिता
पाेखरा | कात्तिक ३०, २०८१
पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा पिस पोष्टर प्रतियोगिता सम्पन्न भएको छ ।
लायन्स क्लब अफ इन्टरनेशनल ३२५ आई अन्तरगतको क्लब लायन्स क्लब पोखरा डल्फिनको आयोजनामा आज उक्त प्रतियोगिता सम्पन्न भएको हो ।
सो प्रतियोगितामा भाष्कर मेमोरियल स्कुलका छात्रा सौरभी कुशल प्रथम, विन्ध्येश्वरी आर्दश बोर्डिङ स्कुलका छात्रा उपसना रेग्मी द्वितीय र विन्ध्येश्वरी स्कुलकै छात्र विनायक गिरी तृतिय भए ।
“सिमा बिनाको शान्ति” भन्ने शिर्षकमा ११ देखि १३ वर्षसम्मका विभिन्नका विद्यालयका करीब २५ विद्यार्थीहरु सहभागी भएको थिए ।
विद्यालय स्तरबाट नै शान्तिको सन्देश सिकाउने उद्देश्यले पिस पोस्टर प्रोग्राम गरिएको प्रतियोगिताका संयोजक तथा रिजन ५ का रिजन चेयर पर्सन लायन कृष्ण कुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार लायन्स क्लब अफ पोखरा डल्फिनले मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा यस प्रकारको कार्यक्रम नियमित गर्दै आइरहेको छ ।
प्रतियोगिताको प्रमुख अतिथिसमेत रहेका विद्यार्थीका विभिन्न पक्षको सन्दर्भमा बोलेका थिए । यस्तै डिस्ट्रिकको एडभाइजर लायन ऋषि गिरी तथा क्लष्टर ३ का क्लष्टर प्रमुख लायन विष्णु श्रेष्ठ लगायतले बोलेका थिए ।
प्रतियोगिताको निणार्यकका भूमिकामा विन्ध्येश्वरीकै कला शिक्षक अनिता थापा थिइन् ।
क्लबका अध्यक्ष लायन गोविन्द बहादुर खड्काको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन क्लबका सचिव लायन गणेश बहादुर थापाले गरेका थिए ।
पोखरा: मधेशी आयोगले सातौं वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुखसमक्ष पेस गरेको छ । प्रदेश प्रमुखको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा आयोगकी सदस्य आभासेतु सिंहले वार्षिक प्रतिवेदन प्रद...
काठमाडौं: सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा ...
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा बुधबारदेखि ३२ औं ऐतिहासिक चैते दशैं मेला सुरु हुँदै छ । ग्रीन हिल क्लबको आयोजनामा हुने यस मेला चैत २७ गतेसम्म चल्ने क्लबका अध्यक्ष सुज...

