विन्ध्येश्वरी आदर्श बोर्डिङमा पिस पोष्टर प्रतियोगिता

पाेखरा | कात्तिक ३०, २०८१

विन्ध्येश्वरी आदर्श बोर्डिङमा पिस पोष्टर प्रतियोगिता


पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा पिस पोष्टर प्रतियोगिता सम्पन्न भएको छ ।

 

लायन्स क्लब अफ इन्टरनेशनल ३२५ आई अन्तरगतको क्लब लायन्स क्लब पोखरा डल्फिनको आयोजनामा आज उक्त प्रतियोगिता सम्पन्न भएको हो ।  

 

सो प्रतियोगितामा भाष्कर मेमोरियल स्कुलका छात्रा  सौरभी कुशल  प्रथम, विन्ध्येश्वरी आर्दश बोर्डिङ स्कुलका छात्रा उपसना रेग्मी द्वितीय  र विन्ध्येश्वरी स्कुलकै छात्र विनायक गिरी तृतिय भए । 

 

 “सिमा बिनाको शान्ति”  भन्ने शिर्षकमा ११ देखि १३ वर्षसम्मका विभिन्नका विद्यालयका करीब   २५   विद्यार्थीहरु सहभागी भएको थिए ।

 

 विद्यालय स्तरबाट नै शान्तिको सन्देश सिकाउने  उद्देश्यले पिस पोस्टर प्रोग्राम गरिएको प्रतियोगिताका संयोजक तथा रिजन ५ का रिजन चेयर पर्सन लायन कृष्ण कुमार श्रेष्ठले जानकारी दिए । 

 

उनका अनुसार लायन्स क्लब अफ पोखरा डल्फिनले मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा यस प्रकारको  कार्यक्रम नियमित गर्दै आइरहेको छ । 

 

प्रतियोगिताको प्रमुख अतिथिसमेत रहेका विद्यार्थीका विभिन्न पक्षको सन्दर्भमा बोलेका थिए । यस्तै डिस्ट्रिकको एडभाइजर लायन ऋषि गिरी तथा क्लष्टर ३ का क्लष्टर प्रमुख लायन विष्णु  श्रेष्ठ लगायतले बोलेका थिए ।
 

प्र​तियोगिताको निणार्यकका भूमिकामा विन्ध्येश्वरीकै कला शिक्षक अनिता थापा थिइन् ।  

 

क्लबका अध्यक्ष लायन गोविन्द बहादुर खड्काको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन क्लबका सचिव लायन गणेश बहादुर थापाले गरेका थिए । 

चैत २७  देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।   विष्णुपादुका क्लब हेमजाले   शनिवार १४ राष्ट्रिय हेमजा  आलु महोत्सव मूल आ...

थप पढ्नुहोस्

नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ ।   केन्द्रीय प्रहरी प्रवक्ता प्...

थप पढ्नुहोस्

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्