उपनिर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुन्छ: गृहमन्त्री लेखक

काठमाडाैं | कात्तिक ३०, २०८१

उपनिर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुन्छ: गृहमन्त्री लेखक

काठमाडौं:   गृहमन्त्री रमेश लेखकले आसन्न स्थानीय तह उपनिर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने बताउनुभएको छ । 


प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उपनिर्वाचनका लागि सरकारले सुरक्षाका आवश्यक प्रबन्ध मिलाइसकेको स्पष्ट पार्नुभयो ।


गृहमन्त्री लेखकले निर्वाचन नजिकिएको समयमा स्थानीय तहको प्रमुख कार्यकारी सरुवा गरिएका विषयमा आफूले समान्य प्रशासनमन्त्रीसँग जानकारी लिएको स्पष्ट पार्नुभयो । 


सांसद गगनकुमार थापाले निर्वाचन प्रभावित पार्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट कर्मचारी सरुवा गरिएको आशङ्कासहित गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । 


गृहमन्त्रीले निर्वाचनको निष्पक्षता, स्वतन्त्रालाई सुनिश्चित गर्नेगरी सामान्य प्रशासनमन्त्रीसँग पुनः छलफल गर्ने बताउनुभयो । निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगसँग पनि समन्वय भइरहेको जानकारी दिँदै उहाँले निष्पक्ष र स्वतन्त्र ढङ्गबाट निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।


“यसका लागि सुरक्षाका आवश्यक प्रबन्ध मिलाइएको छ । उपनिर्वाचन केन्द्रीय सुरक्षा समितिको बैठक बसेर सबै सुरक्षा निकायलाई सुरक्षाको उचित प्रबन्ध गर्न आवश्यक निर्देशन दिइसकेको अवस्था छ”, गृहमन्त्री लेखकले भन्नुभयो ।


आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ । उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ ।

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्

पोखरा:   सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ ।    उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्