सामाजिक कार्यमा सक्रिय ‘भीमकाली’: १ लाख बराबरको समाग्री सहयोग
पाेखरा | कात्तिक २९, २०८१

पोखरा: भीमकाली क्लबले चौथों संस्करणको भीमकाली साँझ तथा देउसी भैलो कार्यक्रमबाट संकलितमध्ये केही रकम विभिन्न संस्थालाई सहयोग गरेको छ ।
पोखरामा महानगरपालिका १ मा क्रियाशिल क्लबले तिन दिने सहयोग कार्यक्रम अन्तरगत १ लाख बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको हो ।
क्लबका सदस्य अनिश गुरुङका अनुसार पहिलो दिन मंगलबार पोखरा १७ छोरेपाटनमा रहेको चाँदनी एनिमल रेस्क्यु एण्ड केयर सेन्टरमा करिब २० हजार बराबरको खाद्यान्नका समाग्री सहयोग गरेको हो ।
उक्त सहयोग केयर सेन्टरका संचालक चाँदनी थापालाई क्लबका सल्लाहकार सूर्यमान गुरुङ, क्लबका अध्यक्ष कृष्ण गुरुङ लगायतले हस्तान्तरण गरे ।
यस्तै दोस्रो दिन बुधबार पोखरा २३ माझथुमस्थित सिद्धबराह गुरुकुल विद्याश्रममा करिब ४० हजार बराबरको खाद्यान्नका समाग्री सहयोग गरेको क्लबका सदस्य अन्जन देवकोटाले जानकारी दिए ।
उनका अनुसार उक्त विद्याश्रममा चामल ८ बोरा, दाल १ बोरा, सोयाबिन १ बोरा लगायतका अन्य समाग्री सूचना अधिकारी सुरेश लम्साललाई हस्तान्तरण गरिएको हो ।
यस्तै तेसो दिन बिहीबार ४० हजार बराबरकै पोखरा १ बगरस्थित संस्कृत माविमा अध्ययनरत जेहेन्दार विद्यार्थी तथा बटुकहरुलाई ६० वटा स्वीटर र ६० थान टोपी प्रदान गरिएको हो ।
उक्त सहयोग समाग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीलाई प्रदान गरिएको देवकोटाले बताए ।
देवकोटाका अनुसार सो सहयोग हस्तान्तरण कार्यक्रममा क्लबका सम्पूर्ण पदाधिकारीसहित अन्य सदस्यहरुको सहभागिता रहेको थियो ।
क्लबले बगरस्थित ट्याक्सीचोकमा गत २० गते आयोजना गरेको चौथों भीमकाली साँझबाट करिब १० लाख बढी रकम संकलन गरेको थियो ।
सो कार्यक्रमबाट संकलितमध्ये १ लाखको तिन दिने कार्यक्रम घोषणा गरि सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न संस्थालाई सहयोग गरेको क्लबका सचिव चाइना गुरुङले बताए ।
उनका अनुसार क्लबले हरेकवर्ष आयोजना गर्ने साँस्कृतिक कार्यक्रमबाट संकलितमध्ये केही रकम सामाजिक कार्यमा खर्चिदै आएको छ । बाँकी रकम भने, रकमको बचत कोषमा सुरक्षित राखिने उनले बताए ।
क्लबले स्थापना कालदेखि रक्तदान कार्यक्रम, राहात वितरण, सरसफाई कार्यक्रम, लागुऔषधविरुद्ध सचेतना कार्यक्रम, विविध खेलकुद प्रतियोगिता लगायतका कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।
काठमाडौं: नेपालले आइसीसी टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोटको उपाधि जितेको छ । ओमानमा शुक्रबार भएको सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोआलाई एक सय २४...
मुस्ताङ: झण्डै पाँच सय वर्षअघि यहाँको घरपझोङ–५ ठिनीमा राजा थर्कोचेनले शासन चलाएका थिए । मुस्ताङको पान्डाखोलादेखि तल्लो भूभाग चिमाङ र चोखोपानी खोलासम्म राजा थर्कोचेनको राज्य थियो । राजा थर्कोच...
गलकोट: सेवालाई गुणस्तरीय बनाउँदै लगेको धवलागिरि प्रादेशिक अस्पताल बागलुङमा पुगेका बिरामीको एउटै गुनासो हुन्छ–चिकित्सकले लेखेका औषधि पाइएन । अस्पताल फार्मेसीमा पुगेका अधिकांश स्वास्थ्य बीमामा आबद्ध ...