बाँकेमा कोदोको उत्पादन परीक्षण सफल
नेपालगञ्ज | कात्तिक २८, २०८१

नेपालगञ्ज: तराईको जिल्ला बाँकेमा कोदोको उत्पादन परीक्षण सफल देखिएको छ । कोहलपुरमा रहेको सामुदायिक जिन बैङ्क सञ्जालले बैजनाथ गाउँपालिका–१ चिसापानीस्थित गाभर भ्यालीमा गरेको कोदोको उत्पादन परीक्षण सफल भएको हो ।
गत साउन महिनामा रोपिएको कोदो अहिले चिसापानीस्थित गाभर भ्यालीमा लहलह झुलेको अवस्थामा देख्न पाइन्छ । पहाड र हिमालमा मात्रै उत्पादन हुने कोदो तराईको बाँकेमा पनि फलेको देख्दा स्थानीयलाई आश्चार्य लाग्न थालेको छ ।
“कोदो तराईका जिल्लामा उत्पादन गर्ने योजनाका साथ परीक्षण गर्नका लागि हामीले साउनमा रोप्यौँ, अहिले कोदोको बाला लहलह लागेर काटने बेला भएको छ र स्थानीयले पनि अनौठो मानेका छन्”, सामुदायिक जिन बैङ्क सञ्जालका संयोजक पुरमल बस्नेतले भन्नुभयो ।
उहाँले ९ प्रजातिका कोदोको बीउ रोपेकामा १–२ प्रजातिबाहेक अन्य सबै राम्रोसँग फलेको बताउनुभयो । स्थानीयको डेढ कट्ठा बढी जग्गा भाडामा लिएर कोदोका विभिन्न स्थानीय प्रजातिको बीउ परीक्षणका लागि रोपिएको जानकारी दिँदै बस्नेतले उत्पादन परीक्षण सफल भएकाले उत्साहित भएको बताउनुभयो ।
उहाँका अनुसार पाँच प्रजाति जिन बैङ्कले परीक्षणमार्फत उत्कृष्ट देखिएका, दुई नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० ले विकास गरेका र अन्य दुई प्रजाति किसानले उत्पादन गरेका जात छन् ।
“नार्कका प्राविधिकसँगको समन्वयमा हामीले सो परीक्षण गरेका थियौँ, मङ्सिर पहिलो साता उहाँहरु फिल्डमा आउने कुरा भएको छ, सो समयमा यसलाई टिप्ने योजना बनाएका छौँ”, बस्नेतले भन्नुभयो ।
उहाँले नार्कका प्राविधिकको सल्लाहमा तराईका अन्य स्थानमा रोप्न मिल्नेगरी यसको बीउ सिफारिस गर्ने योजना बनाएको समेत जानकारी दिनुभयो । नार्कका प्राविधिकको सिफारिसअनुसार तराईका जिल्लामा किसानलाई कोदो रोप्न प्रेरित गरिने बस्नेतको भनाइ छ ।
उहाँका अनुसार परम्पारगत बालीको संरक्षणका लागि सुक्खा ठाउँमा समेत कोदो जस्तो रैथाने बाली लगाउन मिल्ने गरी यसको उत्पादन परीक्षण गरिएको हो ।
विसं २०७८ मा चिसापानीको गाभर भ्यालीमा पहिलो सामुदायिक जिन बैङ्क स्थापना गरेको जिन बैङ्कका सचिवसमेत रहनुभएका घरबास सञ्चालक सङ्घका महासचिव कृष्ण चौधरीले बताउनुभयो ।
गाभर भ्यालीमा कोदो उत्पादनको प्रशस्त सम्भावना रहेको देखिएकाले यहीँबाट परीक्षण उत्पादन सुरु गरिएको र सफल भएको उहाँको भनाइ छ । जिन बैङ्कले तराइमा कोदोको मात्र उत्पादन नगरेर रैथाने अन्नबाली, वनस्पति, पशुपन्छी, मौरी, सूक्ष्म जीवाणु र जलीयकुण्ड क्षेत्रमा काम गर्दै आएको छ ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...