भ्यू प्वाइन्ट सिक्स टु सेभेन मेटलाई भेडीखर्क कपको उपाधि

पाेखरा | कात्तिक २७, २०८१

भ्यू प्वाइन्ट सिक्स टु सेभेन मेटलाई भेडीखर्क कपको उपाधि

पोखरा महानगरपालिका २२ भ्यू प्वाइन्टमा सम्पन्न दोस्रो भेडीखर्क सिक्स ए साइड फुटबल प्रतियोगिताको उपाधि भ्यूप्वाइन्ट सिक्स टु सेभेन मेटले जितेको छ ।

 

शनिबार भएको फाइनल खेलमा नानु एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै भ्यू प्वाइन्ट सक्स टु सेभेन मेट च्याम्पियन बनेको हो ।

 

च्याम्पियन बनेको भ्यू प्वाइन्ट सिक्स टु सेभेन मेटले नगद रु ५१ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।

 

यस्तै उपविजेता बनेको नानु एफसीले नगद रु २६ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे । 

 

यस्तै सो प्रतियोगिताबाट मलिक गुरुङ सर्वाेत्कृष्ट खेलाडीका रुपमा र अर्जुन थापा उत्कृष्ट गोलरक्षकका रुपमा पुरस्कृत भए । 

 

विजेता तथा उपविजेता टोलीका खेलाडीलाई गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, स्थानीय अग्रज तथा समाजसेवी लगायतले पुरस्कार वितरण गरेका थिए । 

 

पोखरा भ्यू प्वाइन्ट युथ क्लबको आयोजनामा सम्पन्न सो प्रतियोगितामा कुल २० टिमको सहभागिता रहेको थियो  ।

पोखरा:   मधेशी आयोगले सातौं वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुखसमक्ष पेस गरेको छ ।   प्रदेश प्रमुखको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा आयोगकी सदस्य आभासेतु सिंहले वार्षिक प्रतिवेदन प्रद...

थप पढ्नुहोस्

काठमाडौं:  सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा ...

थप पढ्नुहोस्

पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा बुधबारदेखि ३२ औं ऐतिहासिक चैते दशैं मेला सुरु हुँदै छ । ग्रीन हिल क्लबको आयोजनामा हुने यस मेला चैत २७ गतेसम्म चल्ने क्लबका अध्यक्ष सुज...

थप पढ्नुहोस्