सुत्केरीको उद्धार

बाजुरा | कात्तिक २५, २०८१

सुत्केरीको उद्धार

बाजुरा:     जिल्ला अस्पताल बाजुराबाट सुत्केरीको आज दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । 


जिल्लाको हिमाली गाउँपालिका–५ की २२ वर्षीया प्रेमकला रोकायाको जिल्ला अस्पताल बाजुराबाट सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । 

    
सुत्केरी रोकायाको एउटा बच्चा गाउँमै जन्माएको र अर्को बच्चा जिल्ला अस्पताल बाजुरामा शल्यक्रिया गरेर जन्माएको भए पनि पेटमा समस्या आएकाले नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिनुभयो । 


उहाँको जानकारीअनुसार जिल्ला अस्पताल बाजुराले सुत्केरीको अवस्था जटिल भएकाले महिला तथा बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत  उद्धार गरिएको हो । 

    
सुत्केरी रोकायाको यही कात्तिक २३ गते सामान्य अवस्थामा एक बच्चा घरमै जन्माउनुभएको थियो भने उहाँको स्वास्थ्यमा समस्या भएपछि हिमाली गाउँपालिकाको एम्बुलेन्समा जिल्ला अस्पताल बाजुरामा ल्याइएको थियो । 

    
जिल्ला अस्पतालमा २३ गतेकै साँझ ९ बजे शल्यक्रिया गरेर दोस्रो बच्चालाई जन्म दिनुभएको थियो । बच्चाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।

पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीपमा मदरल्याण्ड सेकेण्डरी स्कुल लगातार दुई खेल जित्दै सेमीफाइनलमा प्रवेश गरेको छ ।   पोखराको लेखनाथस्थित ईडेन गार्डेन क्र...

थप पढ्नुहोस्

काठमाडौं:    २ सय ५० करोड रूपैयाँ भन्दा बढी रकम हिनामिना गरी फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका तत्कालिन सञ्चालक÷प्रमुख कार्यकारी अधिकृत पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा बाँके...

थप पढ्नुहोस्

काठमाडौं:   आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमार्फत सबै प्रकारका सुन तथा सुनका गहनामा लागू गरिएको विलासिता कर र हिरा–जवाहरात जडित गहनामा लागू गरिएको मूल्य अभिवृद्धि कर तत्काल पुनर्वि...

थप पढ्नुहोस्