बागलुङमा दम्पती मृत फेला
बाग्लुङ | कात्तिक २३, २०८१

बागलुङ: बागलुङको बडिगाडमा श्रीमान÷श्रीमती मृत फेला परेका छन् । जिल्लाको बडिगाड गाउँपालिका–१० निगलपानीका २२ वर्षीय जीवन परिवार र उहाँकी श्रीमती १९ वर्षीया सन्ध्या परियार आफ्नै घरमा मृत फेला परेका हुन् ।
बिहीबार साँझसँगै खाना खाएर सुतेका दम्पतीको मृत्युले सिङ्गो गाउँ नै शोकमा परेको छ ।
गाउँलेले प्रहरीलाई खबर गरेपछि शव उठाएर बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षणका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो ।
दुई वर्ष अगाडि विवाह गरेको परियार दम्पतीको एउटा छोरी रहेको उहाँको भनाइ छ । अहिलेसम्म के भएर मृत्यु भएको पत्ता नलागेको भन्दै अनसन्धान गरिरहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “श्रीमान् पोखरामा काम गर्नुहुँदो रैछ, केही दिन अगाडि आउनुभएको रहेछ, साँझ घरमा सँगै खाना खानुभएको रहेछ, केही खाना बाँकी रहेको देखियो, घटना कसरी भयो, अहिलेसम्म पत्ता लागेको छैन, हामीहरुले अनुसन्धान गरिरहेका छौँ ।”
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...