ठगी गर्न नक्कली सुनको प्रयोग

कास्की | साउन ३, २०७९

ठगी गर्न नक्कली सुनको प्रयोग

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीले नक्कली सुनको बाला देखाएर ठगी गर्न खोज्ने दुई जनालाई पक्राउ गरेको छ ।

 

पोखरा महानगरपालिका ८ न्यूरोडस्थित होटलमा नक्कली सुनको बाला देखाई ठगी गर्न खोज्ने चितवनको माडी नगरपालिका ८ घरभई हाल पोखरा ४ रामकृष्ण टोल बस्ने ३५ वर्षीय धर्मेन्द्र खाती र स्याङ्गजाको अर्जुन चौपारी

 

गाउँपालिका ४ रापाकोट घरभई हाल पोखरा १६ घार्मीखोला बस्ने ४० वर्षीय डिलबहादुर विकलाई कास्की प्रहरीको टोलीले पक्राउ गरेको हो ।

 

उनीहरुको साथबाट २ थान नक्कली सुनको बाला र २ थान मोबाइल सेट बरामत गरिएको बताइएको छ ।  पक्राउ परेका द्वयलाई जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थपगरि आवश्यक अनुसन्धान अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्