स्नान, दीपदान गरेर मनाइयो नरक चतुर्दशी

काठमाडाैं | कात्तिक १५, २०८१

स्नान, दीपदान गरेर मनाइयो नरक चतुर्दशी नरक चतुर्दशीका अवसरमा बिहीबार रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका-१ स्थित तपाहा खोलामा दियो बालेर नरक बगाउँदै एक महिला ।

काठमाडौं:    नरक चतुर्दशी पनि भनिने कार्तिक कृष्ण चतुर्दशीका दिन आज बिहान स्नान, दानका साथ दीपदान गरी मनाइएको छ ।

 
सूर्योदय अगावै स्नान गरेर सालको पातमा यमदीप दक्षिण दिशामा फर्काएर बगाइएको छ । यसलाई नरक स्नान गर्ने र नरक बगाउने पनि भनिन्छ । 


आज यसरी नरके बगाएमा नरकको दर्शन गर्नु नपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रका जानकार रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । यसैकारण आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।


 आजै कुकुरको पनि पूजा गरिँदै छ । पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज अपराह्न ३ बजेर १३ मिनेटसम्म चतुर्दशी तिथि र त्यसपछि औँसी सुरु हुनेछ । लक्ष्मीपूजा औँसीमा गर्नुपर्छ । 

पोखरा:   सहदेव अधिकारी नेपाल लाइफको उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका छन् ।  उनी लगातार तेस्रोपटक उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका हुन् । भने, गण्डकी प्रदेश लगातार दुईप...

थप पढ्नुहोस्

पोखरा:  पोखरा महानगरपालिकाका तत्कालीन न्यायिक समिति सदस्य एवं वडा नम्बर ९ का वडा सदस्यसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार न्यायिक समिति स...

थप पढ्नुहोस्

पोखरा:   नातेदारलाई बलात्कार र बालिकालाई यौन दुर्व्यवहार गरी भिडियो बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले साउन ३० गते उनलाई बाल यौन दुर्व्यवहार सामग्...

थप पढ्नुहोस्