घर–घरमा सजिन तयार छन्, पुष्प मेलाका फूल (तस्बिरहरु)
पाेखरा | कात्तिक १३, २०८१

पोखरा महानगरपालिका -९ प्रदर्शनी केन्द्रमा यतिबेला आठौं गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौ गण्डकी प्रादेशीक पुष्प मेला जारी छ ।
हरेक वर्ष तिहारको संघारमा हुने पुष्प मेलामा विभिन्न प्रकारका फूल तथा विरुवाहरु उपलब्ध हुँदैं आएको छ ।
मेलामा फूलको विक्री वितरण मात्रै नभएर व्यवसायीहरुले पुष्प तथा सजावट गर्ने प्लान्ट र विरुवाहरुको प्रवद्र्धन गर्दै आएका छन् ।
घर तथा परिसर सिंगार्न लोभिनेहरुका लागि यो मेला विशेष छ ।
सोमबारदेखि सुरु भएको उक्त मेला यही १६ गतेसम्म सञ्चालन हुनेछ । मेलामा दुई दर्जन बढी स्टल छन् ।
जहाँ विभिन्न प्रजातीका फूल तथा प्लान्टले आफ्नो जवानी देखाइरहेका छन् । पुष्प मेलामा फक्रिरहेका फूलहरु घर–घरमा सजिन तयार छन् ।
हेर्नुहोस् तस्बिर:–
पोखरा: नेपाली समाज अनि संस्कृतिको बारेमा गहन अध्ययन गरेका वेलायतका प्राध्यापक डेविड गेल्नरले शुक्रबार पोखरामा यसबारे चर्चा गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक गेल्नरले नेपाली दलित सम...
काठमाडौं: सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले ज...
पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...