कास्की प्रहरीको ‘रातारात रेस्पोन्स’: करणी गरेको ५ घण्टामै खिमबहादुर पक्राउ
कास्की | साउन २, २०७९
पोखरा: नाबालिकालाई जबरजस्ती करणी गरि फरार रहेका युवकलाई कास्की प्रहरीले ५ घण्टामै पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका ५ लब्लीडाँडामा गत शुक्रबार राती जबरजस्ती करणी गरि ११ बजे फरार रहेका कुश्मा नगरपालिका ६ स्थायी घरभई हाल पोखरा १३ बस्ने २४ वर्षिय खिम बहादुर बिकलाई बिहान पौने ४ बजे कास्की प्रहरीको टोलीले पक्राउ गरेको हो ।
करणी गरि फरार रहेका बिकलाई पोखरा महानगरपालिका ५ को वडा कार्यालय पछाडीबाट नियन्त्रणमा लिएको कास्की प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक सुन्दर तिवारीले बताए ।
‘हामीले सब फिल्ड क्लियर पारेका थियौ । आवश्यक ठाउँमा चेकपोष्ट खडा गरिसकेका थियौ, तिवारीले सुनगाभा न्यूजसँग भने, ‘प्रहरीलाई देखेपछि लुक्दोरैछ । अन्तत उसलाई ५ नम्बर वडा कार्यालय पछाडीबाट नियन्त्रणमा लिएको हौं ।’
उनका अनुसार अहिले पक्राउ परेका बिकलाई कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थपगरि घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
फोन उठायो र भन्यो 'म हरिचोकतिर छु'
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार खिमबहादुर बिक चाउमिन फ्याट्रिमा काम गर्छन् । १३ वर्षिया नाबालिका सुलोचना (परिवर्तित नाम) लाई उनले गत शुक्रबार बेलुकीपख बाहिर हावा खान (आउटिङ) जाने बहानामा फकाएर लब्लीडाँडा पुर्याए ।
खिमबहादुर र सुलोचनाबीच पहिल्यैदेखि बोलचाल हुन्थ्यो र चिनजान थियो । त्यही क्रममा खिमबहादुरले सुलोचनालाई ललाई फकाई गरि लब्लीडाँडा घुमाउन लगे । त्यँही मौका छोपेर जबरजस्ती करणी गरे । त्यसपछि राती पौने ११ बजे सुलोचना त्यहाँबाट उम्किइन् ।
उनलाई नेपाल प्रहरीलाई खबर गर्नुपर्छ भन्ने हेक्का नभएपछि आफुनिकट संस्थाका अगुवालाई घटनाबारे बेलीबिस्तार लगाइन् । उक्त संस्थाले काठमाडौं प्रहरीलाई घटना विवरण सुनायो । काठमाडौं प्रहरीबाट कास्की प्रहरीलाई घटनाबारे अनुसन्धान गर्न जिम्मा लगाइयो ।
घटनाबारे सबै विवरणपाएपछि कास्की प्रहरीले रातारात ‘क्विक रेस्पोन्स’ गर्याे । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक (डिएपसी) सुन्दर तिवारी नेतृत्वको टोली सुलोचनालाई सम्पर्कमा ल्यायो । र फरार खिमबहादुरको खोजीकार्यलाई रातारात तिव्रता दियो ।
सुलोचनाको मोबाइल नम्बरबाट फरार खिमबहादुरलाई फोन लाग्यो र उठाउँदै भन्यो, ‘म हरिचोकतिर छु ।’ त्यसपछि प्रहरी टोलीको ध्यान त्यँतातिर केन्द्रित भयो । सोहीबीच प्रहरीको टोलीले सम्भावित स्थानहरुमा चेकपोष्ट तैनाथ गरिसकेको थियो । र आवश्यक प्रहरी परिचालन गरिसकेको थियो ।
फरार खिमबहादुरले प्रहरीलाई देखेपछि लुक्ने गर्थे । यसरी कास्की प्रहरीलाई झुक्काउँदैं भाग्न खोजीरहेका खिमबहादुर पोखरा ५ को वडा कार्यालयपछाडी लुकिरहेको प्रहरी टोलीले चाल पायो । र नियन्त्रणमा लियो ।
अहिले सुलोचनालाई मनोपरामर्श दिइएको छ भने करणी गरेका खिमबहादुरलाई कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरि अनुसन्धान अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

