बागलुङका होटल ढोरपाटन र मुस्ताङका पर्यटकले भरिभराउ

बाग्लुङ | कात्तिक ११, २०८१

बागलुङका होटल ढोरपाटन र मुस्ताङका पर्यटकले भरिभराउ

गलकोट:    चाडपर्वको छेकोमा पर्यटकीयस्थलको भ्रमण गर्ने चलन बढ्दै आएको छ । त्यसैमाथि दसैँ र तिहारको बीचमा ढोरपाटन र मुस्ताङ नजाने कुरै भएन । अहिले बागलुङको ढोरपाटनसहितका पर्यटकीयस्थल र मुस्ताङ पुग्ने पर्यटकका कारण बागलुङका होटल भरिभराउ हुन थालेका छन् । 

    
कालीगण्डकी करिडोरअन्र्तगत बालढुङ्गादेखि बेनी जाने सडक निर्माणाधीन भएकाले बागलुङ–बेनी हुँदै मुक्तिनाथ जाने पर्यटकको सङ्ख्या बढेपछि बागलुङका होटल भरिभराउ हुन थालेका छन् । दसैँ सकिएपछि पर्यटकको सङ्ख्यामा वृद्धि भएको बागलुङका पर्यटन व्यवसायी बताउँछन् ।  


विशेषगरी बागलुङको कालिका मन्दिर, विश्वकै दोस्रो लामो झोलुङ्गे पुल, पञ्चकोट र शालग्राम शिलाका कारण बागलुङमा पर्यटकको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । दसैँ र तिहारका बीचमा मुस्ताङ जाने याम भएकाले मुस्ताङ हिँडेका केही पर्यटकसमेत बागलुङमा थप समय बिताउन थालेका हुन् । 

    
विशेषगरी भारतीय तीर्थयात्रीको महत्वपूर्ण धार्मिक गन्तव्य बनेको मुस्ताङको मुक्तिनाथ पुग्ने पर्यटकलाई बागलुङका धार्मिकस्थलले आकर्षित गर्न थालेपछि यहाँका होटल भरिभराउ हुन थालेको पाइएको छ । पछिल्लो समय मध्यपहाडी राजमार्गले पश्चिम क्षेत्रका पर्यटकसमेत बागलुङ आउन थालेका हुन् ।

    
दाङ, सुर्खेत, तुल्सीपुर, नेपालजञ्जलगायत क्षेत्रबाट मुस्ताङ आउने पर्यटक बागलुङ बस्न आउने गरेको पाइएको बागलुङका होटल व्यवसायी तथा होटल व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले बताउनुभयो । 


“पोखरा, काठमाडौँ, चितवनबाट आउने पर्यटक थोरैमात्र बागलुङ बस्दछन्, उनीहरु सोझै कालिका मन्दिर पसेर मुस्ताङ पुग्छन्”, चोखालले भन्नुभयो, “मध्यपहाडी लोकमार्ग कालोपत्र भएसँगै नेपालको रुकुम, दाङ र नेपालगञ्जजस्ता जिल्लाबाट ढोरपाटन, कालिका मन्दिर र मुक्तिनाथ जान आउनेहरुको गन्तव्य बागलुङ बनेको छ ।”

    
जिल्लामा आकर्षक गन्तव्यस्थलका रुपमा रहेका नेपालका एक सय पर्यटकीय गन्तव्यको सूचीमा समावेश प्रसिद्ध बागलुङ कालिका र सर्वसिद्धिधाम पञ्चकोट, विश्वकै दोस्रो लामो झोलुङ्गे पुल, शालग्राम सङ्ग्रहालय लगायतले बागलुङको पर्यटन चलायमान बनाएको छ । 


चोखालले दसैँ सकिएपछि मात्रै बागलुङका होटलमा पर्यटकको चाप बढेको बताउनुभयो । बागलुङमा पर्यटकको चाप बढेपछि होटलमा समेत लगानी थपिएको चोखालले जानकारी दिनुभयो । 

    
अहिले बागलुङ कालिका मन्दिर तथा पञ्चकोट परिसरमा रहेको पार्किङस्थलमा मुक्तिनाथ दर्शन लेखेका सवारीसाधन बाक्लै देखिने गरेको छन् । मुस्ताङको मुक्तिनाथ दर्शन गरेर फर्कने क्रममा कालिका भगवती मन्दिर र पञ्चकोट दर्शनका लागि आउने गरेको कालिका मन्दिरका अध्यक्ष कुमार खड्काले बताउनुभयो । 

    
दसैँपछि मन्दिरको पार्किङस्थल पर्यटकका सवारीसाधनले भरिएर वैकल्पिक व्यवस्थापन मिलाइएको खड्काको भनाइ छ । बागलुङमा बढिरहेका पर्यटकीय गन्तव्य, होटलको स्तरीकरण र प्रचारप्रसारका कारण मुस्ताङ पुग्ने पर्यटकमध्ये केहीले बागलुङलाई गन्तव्य बनाउन थालेका छन् । 
 
    
मुस्ताङ जाँदा वा फर्कने क्रममा तीर्थयात्री, आन्तरिक तथा बाह्य पर्यटक बागलुङको कालिका र पञ्चकोट दर्शनका लागि आउनेक्रम बढेको हो । 


टाढाबाट आएका पर्यटक बागलुङका होटलमा बसेर अर्को दिन सिधै मुक्तिनाथ पुग्न सकिने भएपछि स्थलमार्ग प्रयोग गर्ने अधिकांशले बागलुङको मार्ग रोज्न थालेका छन् । दसैँको पूर्णिमादेखि आफ्नो होटलको शतप्रतिशत कोठा पर्यटकले भरिभराउ भएको होटल दि राजका सञ्चालक एन्जिल शाक्यले बताउनुभयो । 

    
“दसैँअघि पर्यटक खासै थिएनन्, कात्तिकको १ गतेपछि भने हाम्रो होटलको एउटा कोठासमेत खाली छैन, यहाँ आएका पर्यटकलाई अन्य होेटलमा पठाउँदै आएको छु, सुविधा सम्पन्न होटलमा पर्यटक भरिएका छन्”, शाक्यले भन्नुभयो, “पछिल्लो समय ढोरपाटन, मुस्ताङ र कालिका मन्दिर आउने पर्यटक नै हाम्रो होटलमा आउने गरेको पाइन्छ ।”

    
बागलुङसमेत पर्यटकीय हिसाबले अत्यन्तै महत्वपूर्ण मानिँदै आएको छ । पछिल्लो समय बागलुङमा दुई दर्जनभन्दा बढी सुविधा सम्पन्न होटलमा आन्तरिक पर्यटक बस्दै आएका छन् ।

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ईद–उल–अज्हा (बकर इद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   आज एक शुभकामना सन्दे...

थप पढ्नुहोस्

काठमाडौं: सरकारले भोलि (शनिवार)  इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  सरकारले पर्वको शुभकामना सहित बिदा दिने निर्णय गरेको...

थप पढ्नुहोस्

पोखरा: पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।    अंग्रेजी हिज्जे प्रतियोगितामा आधारभुत तहमा...

थप पढ्नुहोस्