अर्जुनको शतकीय प्रदर्शनीसँगै कास्की सेमीफाइनलमा प्रवेश
पाेखरा | कात्तिक ८, २०८१

पोखरा: पोखरामा जारी कास्की जिल्ला स्तरिय अन्तर क्लब एक दिवसिय क्रिकेट प्रतियोगितामा अर्जुन कुमालको शतकीय प्रदर्शनीसँग कास्की सेमीफाइनलमा प्रवेश गरेको छ ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा समुह वि तर्फ कास्की क्रिकेट क्लबले माछापुच्छे« क्रिकेट क्लबलाई एस सय २२ रनले हराउँदै सेमीफाइनलमा प्रवेश गरेको हो ।
कास्कीको जितमा अर्जुन कुमाल नायक बने । उनले १५१ रनको उत्कृष्ट पारी खेले । ३२९ रनको विजयी लक्ष्य पछ्याएको माछापुच्छ«े २७.४ ओभरमा ११० रन बनाउँदै अलआउट हुन पुग्यो । माछापुच्छे«का ओपनर प्रमोद बास्तोलाले २२ रन बनाए । उनले ३३ बलमा २ चौका र १ छक्का प्रहार गरे । मनोज कोइराला १४, धिरज अधिकारी ४, आशिष न्यौपाने २३, पुर्णबहादुर जिटी ६, प्रविन ढकाल ५, कविन सापकोटा १८, विजय विक १, दिपेश खत्री १४ र शिखर चालिसे शुन्यमा आउट भए । रितेश बरालले ३ रन जोडे ।
कास्कीका लागि रिजन बस्नेतले ७ ओभरमा २९ रन खर्चदै सर्वाधिक ५ विकेट लिए । विश्वास पराजुलीले ५.४ ओभरमा १८ रन खर्चदै ३ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ थालेको कास्की क्रिकेट क्लबले ५० आभेरमा ४ विकेट गुमाउँदै ३२८ विशाल योगफल तयार ग¥यो ।
कास्कीका लागि अर्जुन कुमालले १५१ रनको उत्कृष्ट पारी खेल्दै आउट भए । अर्जुनले १२८ बलमा १८ चौका र ३ छक्काको मद्धतमा एक शतक र एक अर्धशतक बनाएका हुन् ।
रोहित चन्दले ८८ रनको अविजित पारी खेले । उनले ८६ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै नटआउट रहे । यस्तै अदित्य थापा २२ रनमा नटआउट रहे । उनले ६ बलमा १ चौका र १ छक्का प्रहार गरे । सोहिले कुँवरले ३३ रनको पारी खेले उनले ४१ बलमा ३ चौका र १ छक्का प्रहार गरे । सफल श्रेष्ठ २० रनमा आउट भए । उनले २९ बलमा २ चौका र १ छक्का प्रहार गरे भने आयुष संैन्जु १४ रनमा आउट भए ।
माछापुच्छे«का लागि कविन सापकोटाले ८ ओभरमा ६४ रन खर्चदै २ विकेट लिए । रिटेश बराल र दिपेश खत्रीले समान १÷१ विकेट लिए । जितसँगै कास्कीको कुल ४ अंक रहेको छ । कास्की समुह विजेता बन्दै सेमीफाइनलमा प्रवेश गर्न सफल भएको हो । यस्तै माछापुच्छे«को १ अंक छ । लेखनाथ यस अघिनै बाहिरि सकेको छ ।
१२ गतेसम्म सञ्चालन हुने प्रतियोगितालाई गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले सहयोग गरेको छ । उक्त प्रतियोगिता प्रधानमन्त्री कप क्रिकेटका लागि जिल्ला छनोटको रुपमा समेत रहेको कास्की जिल्ला क्रिकेट संघका सचिव विरेन्द्र पुनले जानकारी दिए ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ईद–उल–अज्हा (बकर इद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्दे...
काठमाडौं: सरकारले भोलि (शनिवार) इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले पर्वको शुभकामना सहित बिदा दिने निर्णय गरेको...
पोखरा: पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । अंग्रेजी हिज्जे प्रतियोगितामा आधारभुत तहमा...