सुनको मूल्यमा नयाँ कीर्तिमान
काठमाडाैं | कात्तिक ५, २०८१
काठमाडौं: स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु छ सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा बढी हो ।
आइतबार प्रतितोला रु एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६५ हजार छ सय निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्यमा पनि कीर्तिमान कायम भएको छ । आइतबारको तुलनामा आज चाँदी प्रतितोला रु २० वृद्धि भएको छ ।
आइतबार चाँदी प्रतितोला रु दुई हजार ७५ मा कारोबार भएको चाँदी आजका लागि भने रु दुई हजार ९५ निर्धारण भएको महासङ्घले जनाएको छ ।
पोखरा: नेकपा एमाले कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार रश्मि आचार्यले भूमिहिन र सुकुम्बासीको समस्या समाधानलाई आफ्नो मुख्य प्राथमिकता भएको बताएका छन् । उनले आफू निर्वाचित भए...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा घान्द्रुक पर्यटन महोत्सव सुरु भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा ब...
पोखरा: नेकपा (एमाले)ले नेसनल भोलेन्टियर्स फोर्स गण्डकी प्रदेश र कास्की जिल्लाको युनिफाइड कमाण्ड घोषणा गरेको छ । फोर्सको प्रदेश इञ्चार्जमा सुशिल बस्नेत र फोर्सको प्रदेश प्रमुख कमान्डरमा पानबहादुर जिसी छ...

