‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक पर्दैन: प्रधानमन्त्री ओली
काठमाडाैं | कात्तिक ३, २०८१
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी चालक अनुमतिका लागि ‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक नपर्ने व्यवस्था गरिएको बताउनुभएको छ ।
सामाजिक सञ्जालमा आज उहाँले ‘पोष्ट’ गर्नुभएको सामग्रीमा नागरिक ‘एप’ मार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने उल्लेख गर्नुभएको छ । सवारी नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै ‘डिजिटल पेमेन्ट’ गर्ने व्यवस्था पनि सरकारले गरेको छ ।
“यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ भने सवारी नियम उल्लङ्घनमा जरिवाना तिर्दा हुने झन्झट हटेको छ, कात्तिक ४ गते आइतबारदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट परीक्षणका रुपमा यो व्यवस्था सुरु हुनेछ”, सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुभएको सन्देशमा प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।
नागरिक एपमा अरू सेवा पनि थप्ने तयारी सरकारले गरेको छ । कुनै पनि कामका लागि लाममा बस्नुपर्ने समस्याबाट मुक्त गर्ने तयारीमा सरकार लागेको उहाँले बताउनुभयो । नागरिकलाई छिटो सेवा प्रवाहमा यसबाट सहयोग पुग्ने आशा गरिएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
पोखरा: रेडियो अन्नपूर्ण ९३।४ मेगाहर्ज पोखराले मंसिर १८ गते “स्मृतिमा झलकमान र नारायण गोपाल साँझ” आयोजना गर्ने भएको छ । झलकमान गन्धर्व सारङ्गी पाठशाला र पोखरा महानगरपालिका...
पोखरा: पोखरामा सम्पन्न नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ बोहोराफाँट समाज जापान गलकोट र महिलातर्फ झिर हाउस बागलुङले उपाधि चुमेको छ । पोखरा–३ नदी...
पोखरा: कास्की जिल्ला टेनिस संघद्वारा आयोजनामा पोखरा रंगशालाको टेनिस सेन्टरमा सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे-३० सर्किट १ र २ को सम्पूर्ण तयारी पुरा भएको छ । भोली (सोमबार) बाट सुरू हुन...

