रास्वपा सभापति लामिछानेलाई पोखरा ल्याइयो (तस्बिरहरु)

हिरासतभित्र रवि, बाहिर नाराबाजी

पाेखरा | कात्तिक २, २०८१

रास्वपा सभापति लामिछानेलाई पोखरा ल्याइयो (तस्बिरहरु)

पोखरा​:   काठमाडौंस्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ परेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याइएको छ ।

 

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका लामिछानेलाई रातारात सडकमार्गबाट पोखरा ल्याइएको हो ।

 

पोखरा ल्याएसँगै उनलाई सिधै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा (पश्चिाञ्चल अस्पताल) लगेर स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्की ल्याइएको हो ।

 

उनलाई करिब पौने ३ बजे जिप्रका कास्कीको कार्यालयमा प्रवेश गराइएको थियो ।


लामिछानेलाई कास्की ल्याउने भएपछि रास्वपाका उपसभापति स्वर्णिम वाग्लेसँगै प्रदेशका कार्यकर्ताहरु नाराबाजी गर्न तैनाथ थिए ।

 

 

अर्का उपसभापति डीपी अर्याल र पत्नी निकिता पौडेलचाहिँ लामिछानेसँगै गएका थिए ।  लामिछानेलाई हिरासतमा लगेपछि कार्यकर्ताले प्रहरी कार्यालय अघि नाराबाजी गरेका थिए ।

 

 

सोही क्रममा बोल्दै उपसभापति स्वर्णिम वाग्लेले प्रतिशोधको राजनीति गरेको धारणा राखेका थिए ।

 

लामिछानेमाथि गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सूर्यदर्शन सहकारीको रकम उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ ।

 

थप तस्बिरहरु:

 

 

 

 

 

 

 

 

 

काठमाडौं: लगातार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक शुक्रबार पनि सूचना टाँस गरेर जेठ २५ गते आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ ।  विपक्षी दलले गृहमन्त्रीको राजीनामा सहितका माग गर्दै सदन सञ्च...

थप पढ्नुहोस्

धनुषा:  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्...

थप पढ्नुहोस्

दैलेख:  भरुवा बन्दुकको छर्रा लागेर दैलेखमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा यहाँको महाबु गाउँपालिका–४ काप्रिखोलाका अन्दाजी ३४/३५ वर्षीय पूर्ण बहादुर थापा सलामी मगर रहेका छन् । स्थानीय ब...

थप पढ्नुहोस्