दसैँका लागि कैदीबन्दीलाई खसी र नगद

संखुवासभा | असोज २४, २०८१

दसैँका लागि कैदीबन्दीलाई खसी र नगद

सङ्खुवासभा:   सङ्खुवासभा उद्योग वाणिज्य सङ्घले जिल्ला कारागार खाँदबारीमा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई खसी र नगद उपलब्ध गराएको छ । 

    
बडादसैँको अवसरमा जिल्ला कारागारका एक सय ३४ कैदीबन्दीका लागि ३० किलो बराबरको खसी र नगद रु पाँच हजार उपलब्ध गराएको सङ्घका वरिष्ठ उपाध्यक्ष डेगराज बस्नेतले जानकारी दिनुभयो । 


उहाँले आज एक कार्यक्रमबीच निमित्त प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेलाई नगदसहित खसी हस्तान्तरण गर्नुभएको थियो ।


सङ्घका महासचिव सरोज बज्राचार्यले कानुनबमोजिम कारबाही भोगिरहे पनि मानवीय संवेदनालाई ख्याल गरेर पर्वका समयमा कैदीबन्दीलाई सहयोग गरिएको बताउनुभयो ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्