पोखरामा एक महिने कृष्ण चरित्र प्रशिक्षण
पाेखरा | असोज २२, २०८१
पाखुरीकोट गुरुङ समाजद्वारा आयोजित एक महिने कृष्ण चरित्र प्रशिक्षण मंगलवबार सम्पन्न भएको छ ।
समापन समारोहका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै गण्डकी प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले कला, संस्कार र संस्कृतिको संरक्षण गर्नु यस्तै सामाजिक संस्थाको महत्वपूर्ण भूमिका रहने भएकाले समाजले स्तुत्य कार्य गरेको धारणा राखे ।
कार्यक्रम संयोजक केशबहादुर गुरुङले गण्डकी प्रज्ञा–प्रतिष्ठानको आर्थिक सहयोगमा सञ्चालित उक्त प्रशिक्षणमा एक सय जना सहभागी रहेको जानकारी गराए ।
संस्थाका अध्यक्ष सि.आई. हरि ध्वोज गुरुङले हाम्रो मौलिक संस्कार संस्कृतिको संरक्षण महत्वपूर्ण विषय रहेकाले समाजबाट लोपोन्मुख हुन लागेको कृष्ण चरित्रलाई जीवन्त राखी नयाँ पुस्तामा पुस्तान्तरण गर्नका लागि कार्यक्रम आयोजना गरिएको हो ।
गायन र नृत्यतर्फ कुलवीर गुरुङ, हरिध्वज गुरुङ र मानध्वज गुरुङले सहजीकरण गरेका थिए । यस्तै, वाद्यवादनतर्फ गोविन्द गुरुङले सहयोग गरेका थिए ।
प्रशिक्षणपछि सबै लिलामा गाउन, बजाउन र नाच्न सक्षम भएको सहभागी नेत्रबहादुर गुरुङले बताए ।
कृष्णबहादुर गुरुङले कृष्ण चरित्र प्रशिक्षणमा सहभागी सबैलाई आभार व्यक्त गर्दैै गुरुङ समुदायमा प्रचलित कृष्ण चरित्र नाच जेठा छोराको वंश निरन्तरताका लागि विजोड वर्षमा नाच्ने गरिएको बताए ।
एक महिनासम्म चलेको प्रशिक्षणमा श्रीकृष्ण जन्म लिला, बाल लिला, राधाकृष्ण लिला, होली लिला, पे्रम लिला, नाग लिला र चिर लिला गरी सातै लिलाको प्रशिक्षण गराइएको थियो ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् । गुरुङ चलचित्...
इटहरी: गोलीसहितको पेस्तोल र केही परिमाणमा लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्। यसअन्तर्गत विहिब...

