बाढीपहिरामा परी २ सय १८ जनाको मृत्यु, २७ बेपत्ता
काठमाडाैं | असोज १५, २०८१
काठमाडौं: गृहमन्त्री रमेश लेखकले बाढीपहिरामा परी देशभर दुई १८ जनाको मृत्यु, २७ बेपत्ता र एकसय ४३ जना घाइते भएका जानकारी दिँदै विपद्पछिको प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्नुभएको छ ।
प्रतिनिधिसभा राज्यव्य तथा सुशासन समितिको आजको बैठमा उहाँले विपद्मा परेका नागरिकको खोज तथा उद्धार र राहतमा सरकार केन्द्रित भएको बताउनुभयो ।
उहाँले घाइतेको निःशुल्क उपचार र पहिरोका कारण अवरुद्ध मुख्य राजमार्ग र सहायक राजमार्ग खोलेर आवागमन सहज बनाउनेतर्फ सरकार केन्द्रित भएको जानकारी दिनुभयो ।
“खोज तथा उद्धार जारी छ । राहत सामग्री वितरणको कार्य पनि जारी छ । सरकारी अस्पतालमा घाइतेको निःशुल्क उपचार भइरहेको छ । राहत सामग्री परिचालन र पुनःस्थापनालाई प्रभावकारी बनाउन जिल्ला विपद् व्यवस्थापन समिति सक्रियतापूर्वक लागेका छन्”,उहाँले भन्नभुभयो ।
बैठकमा गृहमन्त्री लेखकले बाढीपहिरामा परी देशभर दुई १८ जनाको मृत्यु, २७ बेपत्ता र एकसय ४३ जना घाइते भएका जानकारी दिनुभयो । नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल र स्वयम्सेवकले विपद्मा फसेका चार हजार २२ जनाको उद्धार गरेका उहाँले बताउनुभयो ।
पचास वर्षपछि भारी वर्षा भएको जानकारी दिँदै उहाँले काठमाडौँ उपत्यका र बागमती प्रदेश बढी प्रभावित भएको बताउनुभयो । उद्धारमा नेपाली सेनाका तीन हजार नौ सय ६, नेपाल प्रहरीका १४ हजार आठ सय २ सशस्त्र प्रहरीका १२ हजार २३ जनशक्ति विपद्पछि खोज र उद्धारमा खटिएका उहाँले जानकारी दिनुभयो ।
पोखरा: नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने १०औँ पोखरा स्पोर्ट्स अवार्ड २०८२ को मिति घोषणा गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा सोमबार बसेको का...
काठमाडौं: सरकारले राष्ट्रियसभाको अधिवशेन आह्वानका लागि राष्ट्रिपति समक्ष सिफारिस गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभाको अधिवेशन आगामी माघ ४ ...
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भइसकेका १४ व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले सरकारी कागजात सच्याएको तथा सार्वजनि...

