क्लबस्तरीय भलिबल: महिलातर्फ धादिङ स्पोर्टस क्लब र नदीपुर एफसी उपाधिका लागि भिड्ने
पाेखरा | असोज १४, २०८१

पोखरा: पोखरामा जारी आठौं संस्करणको क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको महिलातर्फ धादिङ स्पोर्टस क्लब र नदीपुर एफसी उपाधिका लागि भिड्ने भएका छन् ।
पोखरा भलिबल प्रशिक्षण केन्द्रले आयोजना गरेको क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको आज भएको महिलातर्फको पहिलो सेमिफाइनलमा नदीपुर एफसीले शान्ता भलिबल पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश ग¥यो ।
नदीपुर एफसीले शान्ता भलिबल पोखरालाई २५–७ , २५–१६ र २५–१७ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।
यस्तै दोस्रो सेमिफाइनल खेलमा धादिङ स्पोर्टस क्लब धादिङले बागलुङ टिमलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा नदीपुर एफसीसँग भेट पक्का गरेको छ ।
धादिङ स्पोर्टस क्लबले टिम बागलुङलाई २५–२३, २५–११ र २५–१७ ले पराजित गरेको हो ।
आठौं संस्करणको क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको महिलातर्फ उपाधिका लागि नदीपुर एफसी र धादिङ स्पोर्टस क्लब धादिङबीच मंगलबार प्रतिस्पर्धा हुने पोखरा भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ ।
यस्तै पुरुषतर्फको दुई सेमिफाइनल पनि आज नै हुने आयोजकले जनाएको छ ।
पुरुषतर्फ पहिलो सेमिफाइनल खेलमा गल्कोट स्पोर्टस क्लब बागलुङ र आँधिखोला दिल्लीबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बल पोखरा मालेपाटन र नेपाल युथ स्पोर्टस क्लब जापानबीच प्रतिस्पर्धा हुनेछ ।
असोज ९ देखि १३ गतेसम्म सञ्चालन हुने भनिएको आठौं संस्करणको क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता अविरल वर्षाका कारण दुई दिन स्थगित भएको थियो ।
आठौं संस्करणको क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको पुरुषतर्फका विजेताले नगद १ लाख ३० हजार, उपविजेताले ८० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै यस्तै महिलातर्फको विजेताले नगद ५० हजार र उपविजेताले ३५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, डिफेण्डर, सेटर, सर्भर र प्रशिक्षकले पुरस्कार प्राप्त गर्नेछन् ।
काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँले वृद्धि गरेको हो । यस्तै, मट्टितेल र डिजलमा प्रतिलिटर ...
पोखरा: कास्कीको मादी गाउँपालिका–६ का स्थानीय बामदेव बरालका १९ वर्षीय विजय बराल करेन्ट लागेर गम्घिर घाइते भएका छन् । शनिबार बिहान करिव १०ः५० बजेको समयमा बारीमा मकैको ढोडको भारी बोक्दा सुुप...
काठमाडौं: संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन स्पेनको सेभियास्थित फेबिस प्रदर्शनी केन्द्रमा आजेदखि सुरू भएको छ । सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी ...