नेपालले आज ओमानसँग खेल्दै

काठमाडाैं | असोज १३, २०८१

नेपालले आज ओमानसँग खेल्दै तस्बिर फाइल

काठमाडौं:    क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । 


क्यानडाको किङ्ग सिटीमा हुने उक्त खेल नेपाली समयअनुसार राति ९ः४५ बजेदेखि सुरु हुनेछ । 

    
शनिबार राति भएको उक्त शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग १४ रनले पराजित भएको थियो । ओमानको भने टि–ट्वान्टी क्रिकेट शृङ्खलामा यो पहिलो खेल हो । 

    
आज दुवै टोली शृङ्खलाको पहिलो जीतको खोजीमा छन् । यसअघि क्यानडामा भएको क्यानडा, ओमान र नेपालसम्मेलित त्रिकोणात्मक एकदिवसीय शङ्खलाको सबै खेलमा नेपाल पराजित भएको थियो । 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्