पहिरोमा पुरिएका ४ जना अझै बेपत्ता

दोलखा | असोज १३, २०८१

पहिरोमा पुरिएका ४ जना अझै बेपत्ता

दोलखा:     दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा पहिरोले पुरिएका चार जना अझै बेपत्ता छन् ।

    
शनिबार बिहान गेट कन्ट्रोल गर्नका लागि बनाइएको दुईतले भवन माथिबाट खसेको पहिरोमा पुरिँदा नेपाली सेना गरुणदल गणका नरेन्द्रबहादुर पाल र शङ्कर चन्द, आयोजनामा कार्यरत कर्मचारीहरु नवलपरासी प्रतापपुरका ३५ वर्षे कृष्णप्रसाद चौधरी र दोलखा विगु गाउँपालिका–१ स्यालुका ३० वर्षे जयराम तामाङ बेपत्ता भएका थिए । 

    
जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले उक्त स्थानमा उद्धार टोली पुग्न नसकेको बताउनुभयो । 


“हिजो बिहान १०ः३० बजेतिर कर्मचारीको सिफ्ट चेञ्ज भएको थियो । ११ बजेतिर घटना भयो”, गौतमले भन्नुभयो, “नेपाली सेनाका दुई जना र गेट(खोल्ने बन्द गर्ने कामका लागि करार सेवामा कार्यरत दुई जना कर्मचारी पहिरोमा पुरिएको जानकारी प्राप्त भएको छ ।” 
 

पोखरा ।    सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाको सहकार्यमा ‘सञ्चारमा वेलनेस हिलिङको महत्व’ विषयक एकदिने अन्तरक्रिया तथा...

थप पढ्नुहोस्

वर्षा हुने क्रम बढेसँगै देशका विभिन्न स्थानमा बाढी-पहिरोको जोखिम हुने सम्भावना पनि बढेको छ।    बाढी पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) काठमाडौँसहित देशका ३७ जिल्ला र त्यसआसपासका खोला/...

थप पढ्नुहोस्

पोखरा ।      पोखरामा सम्पन्न फाइभ ए साइड एमेच्योर फुटसल प्रतियोगितामा एन डलर एफसी च्याम्पियन बनेको छ ।   रानीपौवा स्पोर्टस् सेन्टरमा शनिबार भएको फाइनल खेलमा मित्रबन्धु एक्स गेम हाउसलाई...

थप पढ्नुहोस्