पहिरोमा पुरिएको बसबाट दुई जनाको शव निकालियो

धादिङ | असोज १२, २०८१

पहिरोमा पुरिएको बसबाट दुई जनाको शव निकालियो

धादिङ:     धादिङ र काठमाडौँको सीमाक्षेत्रमा पर्ने धुनिवेँशी नगरपालिका–९ झयाप्ले खेलामा पहिरोले पुरिएको बसबाट दुई जनाको शव निकालिएको छ ।

    
आज बिहान बुटवलबाट काठमाडाँैतर्फ आउँदै गरेको बससहित तीनवटा सवारीसाधन पहिरोमा पुरिएका थिए । ती सवारीसाधन मध्ये बसमा सवार एक महिला र एक पुरुषको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता प्रल्हाद सिलवालले जानकारी दिनुभयो ।

    
बसमा चालकसहित १२ जना रहेको बताइएको छ । “बस   मालिकले बुटवलबाट १२ तथा नारायणगढबाट एक यात्रु चढेको जानकारी दिनुभएको छ । अहिलेसम्म यात्रुहरु कोहि पनि सम्पर्कमा छैनन्”, उहाँले भन्नुभयो ।

    
देशको विभिन्न भेगबाट राजधानी काठमाडौँ प्रवेश गर्ने नौबिसे–नागढुङ्गा सडक ठाउँ ठाउँमा पहिरो गएपछि बिहीबार साँझदेखि अवरुद्ध छ । अहिले पहिरो पन्छाउने काम भइरहेको छ । निरन्तरको वर्षा, पहिरो र लेदो माटोका कारण पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन खण्ड क्षतविक्षत छ ।

पोखरा:  रेडियो अन्नपूर्ण ९३।४ मेगाहर्ज पोखराले मंसिर १८ गते “स्मृतिमा झलकमान र नारायण गोपाल साँझ” आयोजना  गर्ने भएको छ ।  झलकमान गन्धर्व सारङ्गी पाठशाला र पोखरा महानगरपालिका...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा सम्पन्न नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ बोहोराफाँट समाज जापान गलकोट र महिलातर्फ झिर हाउस बागलुङले उपाधि चुमेको छ ।  पोखरा–३ नदी...

थप पढ्नुहोस्

पोखरा: कास्की जिल्ला टेनिस संघद्वारा आयोजनामा पोखरा रंगशालाको टेनिस सेन्टरमा सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे-३० सर्किट १ र २ को सम्पूर्ण तयारी पुरा भएको छ ।   भोली (सोमबार) बाट सुरू हुन...

थप पढ्नुहोस्