घान्द्रुक जाने सडक करिव साढे दुई महिनापछि खुल्यो

पाेखरा | असोज ८, २०८१

घान्द्रुक जाने सडक करिव साढे दुई महिनापछि खुल्यो

पोखरा:   कास्कीको पर्यटकीय गाउँ घान्द्रुक जाने सडक करिव साढे दुई महिनापछि सञ्चालनमा आएको छ । गत असार २८ गते अविरल वर्षासँगै गएको पहिराले अवरुद्ध सडक आजदेखि सञ्चालनमा आएको हो । 


कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ वडाको पर्यटकीय गाउँ घान्द्रूक जोड्ने नयाँपुल–घान्द्रुक सडक खण्डको किल्युमा गत असार २८ गते गएको पहिरोका कारण सडक अवरुद्ध भएको थियो ।


स्थानीय धुव्र घले र शिव गुरुङको नेतृत्वमा नयाँपुल–घान्द्रुक सडक खण्डको किल्युमा पहिरोले बगाएको स्थानमा ग्याबिन तार जाली लगाएर सडक मर्मत गरेपछि आजदेखि सडक सञ्चालनमा आएको अमृत गुरुङले जानकारी दिए ।


उक्त सडक अवरुद्ध हुँदा पोखराबाट घान्द्रुक जाने र आउने पर्यटक तथा स्थानीयहरुले सवारी किल्युमा आएर सवारी परिवर्तन गर्नुपर्ने बाध्यता रहेको थियो । सडक सञ्चालनमा आएसँगै सवारी परिवर्तन गरेर गन्तव्य जानुपर्ने बाध्यता हटेर गएको गुरुङले बताए । 


घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले सडक अवरुद्ध सडक सञ्चालनमा आएपछि पर्यटकहरुको संख्या समेत वृद्धि भएर जाने विश्वास रहेको बताए । 


‘विशेषगरी असोजदेखि पर्यटकहरुको संख्यामा वृद्धि हुन्छ, गत असारमा किल्युमा गएको पहिरोले सडक अवरुद्ध हुँदा घान्द्रुक, छोम्रोङको पर्यटनमा केही असर ग¥यो’, गुरुङले भने, ‘अवरुद्ध सडक खुलाउन घान्द्रुक र छोम्रोङको पर्यटन व्यवस्थापन समितिसँगै स्थानीय र अन्य समाजसेवीको सहयोगमा अवरुद्ध सडक सञ्चालन गर्न सफल भयौं ।’ 


अवरुद्ध सडक खुलाउन भौतिक पूर्वाधार विकास कार्यालय कास्कीबाट २५ लाख बजेट बिनियोजित भएपनि बजेट आउन ढिला हुने भएकाले घान्द्रुक पर्यटन व्यवस्थापन समिति, छोम्रोङ पर्यटन व्यवस्थापन समिति, जीप व्यवसायी समिति तथा स्थानीयहरुको आर्थिक सहयोगमा सडक खुलाएको थियो ।


अवरुद्ध सडक खुलाउन नेतृत्व गर्ने घले र गुरुङलाई एक कार्यक्रमका बिच सम्मान समेत गरिएको थियो । 

काठमाडौं:   संयुक्त राज्य अमेरिका सरकारबाट वैदेशिक सहायता समीक्षा सफलतापूर्वक सम्पन्न भएपछि नयाँ ऊर्जा र दुवै सरकारको साझा प्रतिबद्धताका साथ मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प्याक्ट पुन: सक्रिय ...

थप पढ्नुहोस्

गलकोट:   बागलुङ नगर खानेपानी तथा उपभोक्ता समितिले आम उपभोक्तालाई लिफ्टमार्फत पानी वितरण गर्दा मासिक रु पाँच लाख विद्युत् महसुल तिर्दै आएको छ ।  अधूरो लिफ्ट आयोजनाबाट खानेपानीको सङ्कट टार्नका ला...

थप पढ्नुहोस्

काठमाडौं:  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन क्रमशः कमजोर हुँदै गएको बताएको छ । बिहीबार  दिउँसो सुदूरपश्चिम प्रदेशल...

थप पढ्नुहोस्