सन्देश दिन पोखरामा ३५ प्लस नृत्य प्रतियोगिता, सिङ्दी तमु समाज प्रथम
जोसिला ६९ वर्षीय भीमबहादुर र ६२ वर्षीय हाइकुमारी सम्मानित
पाेखरा | असोज ८, २०८१
PHOTO: SANTOSH KHANAL
'सामाजिक कार्यका लागि नृत्य' भन्ने नारासहित सकारात्मक सन्देश दिदैं पोखरामा सम्पन्न ‘३५ प्लस स्टार्स सामूहिक नृत्य प्रतियोगिता २०८१’ मा क्रबा आजी सिङ्दी तमु समाज प्रथम बनेको छ ।
स्टार्स स्टुडियो प्रालिको आठौँ तथा स्टार्स फाउन्डेशन नेपालको पाँचौ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा ७ टिमलाई पछि पार्दै सिङ्दी प्रथम बनेको हो ।
प्रज्ञा प्रतिष्ठान गण्डकीका सदस्य सचिव मनकुमार श्रेष्ठ, नवसाधना कला केन्द्रका प्रशिक्षक रविन गुरुङ र नृत्य निर्देशक प्रीति गुरुङको सँयुक्त निर्णयमा अनितम नतिजा सार्वजनिक भएको थियो ।
सोही नतिजाको आधारमा च्याम्पियन बनेको सिङ्दीले नगद रु ५० हजार प्राप्त गर्याे यस्तै द्वितीय बनेको कोल्मा बाहाकोट तमु समाजले २५ हजार हात पार्याे । भने, तृतीय बनेकोे चिउली पार्चे तमु समाजले नगद रु १० हजार प्राप्त गर्याे ।
सो प्रतियोगिताको विजयी तथा उपविजेता टोलीलाई गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पदमराज ढकाल, आयोजक संस्थाका अध्यक्ष जसमाया गुरुङ जसु लगायतले पुरस्कार वितरण गरे ।
६२ वर्षीय हाइकुमारी र ६९ वर्षीय भीमबहादुर लगायत विभिन्न व्यक्ति सम्मानित
सो प्रतियोगितामा सहभागि प्रतियोगिहरुमध्ये सबैभन्दा बढी उमेर भएका महिलातर्फ सिङ्दी समाजका ६२ वर्षीया हाइकुमारी गुरुङ र पुरुषतर्फ दुरा सेवा समाजका ६९ वर्षीय भीमबहादुर दुरा सम्मानित भएका छन् ।
सकारात्मक सन्देश प्रवाह गरेको भन्दै उनीहरुलाई दोसल्ला, माला, घलेक तथा सम्मानपत्र अर्पण गरिएको हो ।
यस्तै गुरुङ चलचित्र एशोसियसनको ८ औ अधिवेशन तथा १६ औं साधारणसभाबाट नवनिर्वाचित राजेश गुरुङ नेतृत्वको कार्यसमिति र कम्बोडियाका दरारिथ टिभ (वल्र्ड साइक्लिस्ट) लाई पनि सोही अवसरमा सम्माम प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष जसु गुरुङले बताइन् ।

‘यो कार्यक्रम नितान्त फरक हो, विशेषगरी सन्देश दिने उद्देश्यले कार्यक्रम आयोजना गरेका हौं, उनले भनिन्, ‘अरु कम्पिटिसन भन्दा बेग्लै गर्ने लक्ष्य अनुसार कार्यक्रम गरेका हौं त्यसैले हामी सफल भएका छौ ।’
कार्यक्रमको अवसरमा स्टार स्टुडियोका कलाकारहरुले विविध मौलिक नृत्यहरु प्रस्तुत गरेका थिए भने, गायक राज बहादुर गुरुङ र एमडी काफ्लेले सांगीतिक प्रस्तुती दिएका थिए ।
स्टार्स स्टुडियोले मौलिक लोक संस्कृतिको संरक्षणका काम गर्दै आएको छ भने, फाउण्डेशनले सामाजिक कार्यक्रमा क्रियाशिल रहदैं आएको छ ।
स्टार्स स्टुडियो प्रालि तथा स्टार्स फाउन्डेशन नेपालको अध्यक्ष जसु गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा फाउण्डेशनका कोषाध्यक्ष दीपक गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने, संचारकर्मी रोशनी गुरुङले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

