धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड
पाेखरा | असोज ४, २०८१
काठमाडौँ: नेपालभर छरिएर रहेका विभिन्न सरकारी, अर्ध सरकारी, निजी र आर्थिक कारोबार गर्ने बैंक तथा वित्तीय संस्थामा व्यक्ति वा फर्ममार्फत् चलअचल सम्पत्तिको धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गरिनुपर्नेमा जोड दिइएको छ ।
नेपाल भ्यालुयर्स एसोएिसनको छैटौँ अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नेक्रममा यस क्षेत्रमा आबद्ध इञ्जिनीयरहरूले यस विषयमा जोड दिएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसांसद सकलदेव सुतियारले पेशागत ज्ञान लिएर काम गर्दा समस्या नहुने बताउनुभयो ।
ज्ञान नहुनेले अरुसँग सिकेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
एसोसिएसनका संस्थापक अध्यक्ष वसन्तरमण रजौरेले धितो मूल्याङ्कन प्रक्रियामा लाग्नेहरूको छाता संस्थालाई संस्थागत स्वरुप दिन वर्तमान कार्य समितिले महत्त्वपूर्ण काम गरेको बताउनुभयो । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष अञ्जनीकुमार श्रेष्ठ, यस क्षेत्रका विज्ञ देवेन्द्रकुमार श्रेष्ठ, अध्यक्ष ऋषि कोइराला, उपाध्यक्ष लक्ष्मणबाबु सेढाइँ, महासचिव दीनेशकुमार पाठक, नेपाल इञ्जिनीयर्स एसोसिएसनका उपमहासचिव अनिल मानन्धरलगायतले धितो मूल्याङ्कन प्रक्रियामा देखापरेका समस्या र तिनको समाधानका लागि संस्थागत रूपमा गर्नुपर्ने कामका बारेमा जानकारी दिनुभएको थियो ।
अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने उपाध्यक्ष सञ्जयकुमार महतोले राससलाई जानकारी दिनुभयो ।
अधिवेशनमा धितो मूल्याङ्कन प्रक्रियामा संलग्न एक हजार २०० इञ्जिनीयरको सहभागिता रहेको छ ।
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...
मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

