नदीपुरमा क्लबस्तरीय भलिबल प्रतियोगिता, उपाधि राशी १ लाख ३० हजार
१२ टिम भिड्दै
पाेखरा | असोज २, २०८१

पोखरामा आठौं सस्करणको खुल्ला क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
पोखरा भलिबल प्रशिक्षण केन्द्रको आठौं वार्षिकोत्सवको अवसरमा प्रतियोगिता आयोजना गरिएको पोखरामा आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
पोखरा ३ नदीपुरस्थित छन्तयाल समाजको खेल मैदानमा यही असोज ९ देखि १३ गतेसम्म खुल्ला क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक मनोज खड्काले बताए ।
‘भलिबल खेलको विकाससँगै नयाँ खेलाडीको प्रतिभालाई प्रस्फुटन गर्नका लागि पोखरा भलिबल प्रशिक्षण केन्द्रको आठौ वार्षिकोत्सवको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो’, संयोजक खड्काले भने, ‘प्रतियोगिता पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजना र ए फोर ग्राफिक्स डिजाइन एण्ड प्रिन्टिङ प्रेसको सहआयोजनामा यही असोज ९ देखि १३ गतेसम्म पोखरा–३ नदीपुरस्थित छन्त्याल समाजको भलिबल कोर्टमा हुनेछ ।’
उनका अनुसार प्रतियोगितामा पुरुषतर्फका विजेताले नगद १ लाख ३० हजार, उपविजेताले ८० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
पुरुषतर्फ भलिबल प्रतियोगितामा सहभागिताको लागि एक टिमलाई ६ हजार ५ सय रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ ।
यस्तै महिलातर्फको विजेताले नगद ५० हजार र उपविजेताले ३५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिला भलिबल प्रतियोगितामा सहभागिताको लागि एक टिमलाई ४ हजार ५ सय रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, डिफेण्डर, सेटर, सर्भर र प्रशिक्षकले पुरस्कार प्राप्त गर्नेछन् ।
उक्त प्रतियोगितामा पुरुषतर्फ कुनै पनि १ टिममा राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको सातौं,आठौं र नवौं प्रतियोगितामा सहभागितामा जनाएको ३ जना र महिलातर्फ २ जना मात्र खेलाडी समावेश गर्न पाउने प्रतियोगिता संयोजक खड्काले बताए ।
उनका अनुसार पुरुषतर्फको खेल लिगकम नकआउट र महिलातर्फको खेल नकआउट सिस्टममा सञ्चालन गरिने छ ।
२०७३ सालमा स्थापना भएको पोखरा भलिबल प्रशिक्षण केन्द्रले नयाँ खेलाडी उत्पादनसँगै सामाजिक कार्यमा समेत काम गर्दै आएको छ ।
प्रशिक्षण केन्द्रले गतवर्ष मृगौला पीडित सुरज गुरुङलाई मृगौला प्रत्यारोपण तथा उपचारका लागि १लाख र मनकुमारी पुनलाई ब्लड क्यान्सर उपचारका लागि ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ ।
प्रतियोगितामा १० लाख ३२ हजार रुपैयाँ खर्च हुने अनुमान रहेको आयोजकले जनाएको छ । प्रतियोगिता अवलोकन लागि दर्शकलाई दोस्रो दिनबाट टिकट दर कायम गरिने आयोजकले जनाएको छ ।
पोखरा: विश्व वातावरण दिवसको अवसरमा विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलले विविध कार्यक्रम सम्पन्न गरेको छ । विश्व वातावरण दिवसमा प्लाष्टिक प्रदूषण अन्त्य गरौँ भन्ने मूल नाराका साथ विद्याल...
पोखरा: गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ वर्षका नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख डिल्लाराज भट्टले बुधबार प्रदेश सभामा नीति तथा कार्यक्रम वाचन गरे । प्रदेश सरकारको नीति तथा कार्य...
काठमाडौं: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया र दक्षिण कोरिया पठाइदिने भन्दै १३ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाड...