पोखरामा प्रथम लेखनाथ क्रिकेट बल आउट च्याम्पियनसिप हुने

पाेखरा | भदौ ३१, २०८१

पोखरामा प्रथम लेखनाथ क्रिकेट बल आउट च्याम्पियनसिप हुने

पोखरा:    पोखरामा प्रथम लेखनाथ क्रिकेट बल आउट च्याम्पियनसिप हुने भएको छ । पोखरा महानगरपालिका–२६ मा पहिलोपटक आउदो असोज ५ गते बल आउट च्याम्पियनसिप हुन लागेको हो ।


स्थानीय युवाको अगुवाइमा हुने प्रतियोगिता पोखरा–२६ को  भवानी कालिका माविको खेल मैदानमा हुनेछ ।  


प्रतियोगिताको विजेतालाई २२ हजार २२२ र उपविजेतालाई ११ हजार १११ सहित ट्रफी र मेडल प्रदान गरिने स्थानीय सुवर्ण बरालले जानकारी दिए । 


प्रतियोगिताको उत्कृष्ठ बलर र अनुशासित टिमले समान २ हजार २२२ सहित ट्रफी पाउनेछन् । टीम दर्ताका लागि १ हजार ५ सय तोकिएको छ ।


प्रत्येक टिममा ३ जना खेलाडी हुने र ती ३ जनाले पालै पालो बलिङ गर्नेछन् र स्टम्पमा लागेर बेल खसेपछि मात्र अ‌ङ्क प्राप्त हुनेछ । बराबर भएमा ११ जनाले फाइनल बल गर्नेछन् र नतिजा नआईन्जेल निरन्तर हुनेछ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्