पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की विजयी
पाेखरा | भदौ ३०, २०८१
पोखरा: पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की विजयी भएका छन् । कार्कीले १३ सय ३९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी अर्जुन पोखरेलले ८ सय ५१ मत प्राप्त गरे ।
अध्यक्षमा बिजयी कार्की यसअघि संघको बरिष्ठ उपाध्यक्ष थिए । पोखरेल भने अघिल्लो अधिवेशनमा पनि अध्यक्षमा पराजित भएका थिए ।
संघको पदाधिकारीमा यसअघिनै ४ जना निर्विरोध भएका थिए । निर्विरोध हुनेमा वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेश बास्तोला, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ छन । उनीहरु सबै अध्यक्षका प्रत्यासी अर्जुन पोखरेल प्यानलका थिए ।
कर्पोरेट सदस्यमा बन्दना कार्की केसी र रामप्रसाद कँडेल पनि निर्विरोध भएका थिए । उपमहासचिवमा भने बालकृष्ण कोइरालालाई हराउँदै सुदीप प्रधानांगले जित हासिल गरेका छन ।
प्रत्यक्ष निर्वाचित हुने १० जना कार्यसमिति सदस्यका लागि १४ जना उम्मेदवार रहेका थिए ।
पोखरा: रेडियो अन्नपूर्ण ९३।४ मेगाहर्ज पोखराले मंसिर १८ गते “स्मृतिमा झलकमान र नारायण गोपाल साँझ” आयोजना गर्ने भएको छ । झलकमान गन्धर्व सारङ्गी पाठशाला र पोखरा महानगरपालिका...
पोखरा: पोखरामा सम्पन्न नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ बोहोराफाँट समाज जापान गलकोट र महिलातर्फ झिर हाउस बागलुङले उपाधि चुमेको छ । पोखरा–३ नदी...
पोखरा: कास्की जिल्ला टेनिस संघद्वारा आयोजनामा पोखरा रंगशालाको टेनिस सेन्टरमा सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे-३० सर्किट १ र २ को सम्पूर्ण तयारी पुरा भएको छ । भोली (सोमबार) बाट सुरू हुन...

