पोउवा महाधिवेशन: यी हुन् १० कार्यसमिति सदस्य

काठमाडाैं | भदौ ३०, २०८१

पोउवा महाधिवेशन: यी हुन् १० कार्यसमिति सदस्य

पोखरा:    पोखरा उद्योग वाणिज्य संघको ३५ औं अधिवेशनमा कार्यसमिति सदस्यतर्फको मतगणना सकिएको छ । 


निर्वाचनबाट सदस्यमा देवेन्द्र प्रजू (१५१६), सौगात थापा (१४९४), ललितबहादुर कुँवर( १५३९), भीम गौतम१४३९), दूधमान गुरुङ(१४६८), जीवनप्रकाश श्रेष्ठ(१३८३), टीकाराम सुवेदी (१३९४), रामचन्द्र तिमिल्सिना(१३४५), प्रदीप राजभण्डारी (१३७०) र यादवप्रसाद पोखरेल (१३००) निर्वाचित भएका छन् ।


१० खुला सदस्यमा १४ जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारी दिएका लेखनाथ सुवेदी (१२८६), विष्णुप्रसाद तिमिल्सिना (१२२०), यादवप्रसाद पोखरेल र प्रेमप्रसाद सुवेदी (१२८५) र बिनोद केसी (१२९६) भने पराजित भएका छन् ।


अब पदाधिकारीतर्फको मतगणना सुरु गर्ने तयारी भएको छ । नयाँ नेतृत्वका शनिबार लागि भएको चुनावमा २ हजार २ सय ५१ मत खसेको थियो । संघको अध्यक्षमा अर्जुन पोखरेल र गोकर्ण कार्की मैदानमा छन् ।

पोखरा:  रेडियो अन्नपूर्ण ९३।४ मेगाहर्ज पोखराले मंसिर १८ गते “स्मृतिमा झलकमान र नारायण गोपाल साँझ” आयोजना  गर्ने भएको छ ।  झलकमान गन्धर्व सारङ्गी पाठशाला र पोखरा महानगरपालिका...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा सम्पन्न नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ बोहोराफाँट समाज जापान गलकोट र महिलातर्फ झिर हाउस बागलुङले उपाधि चुमेको छ ।  पोखरा–३ नदी...

थप पढ्नुहोस्

पोखरा: कास्की जिल्ला टेनिस संघद्वारा आयोजनामा पोखरा रंगशालाको टेनिस सेन्टरमा सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे-३० सर्किट १ र २ को सम्पूर्ण तयारी पुरा भएको छ ।   भोली (सोमबार) बाट सुरू हुन...

थप पढ्नुहोस्