पोउवा महाधिवेशन: यी हुन् १० कार्यसमिति सदस्य
काठमाडाैं | भदौ ३०, २०८१
पोखरा: पोखरा उद्योग वाणिज्य संघको ३५ औं अधिवेशनमा कार्यसमिति सदस्यतर्फको मतगणना सकिएको छ ।
निर्वाचनबाट सदस्यमा देवेन्द्र प्रजू (१५१६), सौगात थापा (१४९४), ललितबहादुर कुँवर( १५३९), भीम गौतम१४३९), दूधमान गुरुङ(१४६८), जीवनप्रकाश श्रेष्ठ(१३८३), टीकाराम सुवेदी (१३९४), रामचन्द्र तिमिल्सिना(१३४५), प्रदीप राजभण्डारी (१३७०) र यादवप्रसाद पोखरेल (१३००) निर्वाचित भएका छन् ।
१० खुला सदस्यमा १४ जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारी दिएका लेखनाथ सुवेदी (१२८६), विष्णुप्रसाद तिमिल्सिना (१२२०), यादवप्रसाद पोखरेल र प्रेमप्रसाद सुवेदी (१२८५) र बिनोद केसी (१२९६) भने पराजित भएका छन् ।
अब पदाधिकारीतर्फको मतगणना सुरु गर्ने तयारी भएको छ । नयाँ नेतृत्वका शनिबार लागि भएको चुनावमा २ हजार २ सय ५१ मत खसेको थियो । संघको अध्यक्षमा अर्जुन पोखरेल र गोकर्ण कार्की मैदानमा छन् ।
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...
मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

