लोकदोहोरी गीत प्रतिष्ठानबाट मन क्षेत्री र नन्दमाया दुरा सम्मानित

पाेखरा | भदौ ३०, २०८१

लोकदोहोरी गीत प्रतिष्ठानबाट मन क्षेत्री र नन्दमाया दुरा सम्मानित

पोखरा:    पोखरा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशले पब्लिक फोरके टेलिभिजनका प्रबन्ध निर्देशक मन क्षेत्री र लमजुङे ठाडोभाका गायिका नन्दमाया दुरालाई नगदसहित सम्मान गरेको छ । 


प्रतिष्ठानको छैटौं वार्षिक साधारणका अवसरमा प्रबन्ध निर्देशक क्षेत्रीलाई स्वर्गीय तीर्थसागर सुवेदी स्मृति पत्रकारिता पुरस्कार र दुरालाई स्वर्गीय नरबहादुर परियार स्मृति कलाकारिता पुरस्कारबाट सम्मान गरेको हो । 


क्षेत्री र दुरालाई नगद ५ हजार ५ सय ५५ सहित सम्मान गरिएको प्रतिष्ठानका सचिव रामजी पौडेलले जानकारी दिए । 


उनीहरुलाई प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष प्राज्ञ प्रजापति पराजुलीले नगदसहित सम्मानपत्र प्रदान गरेका हुन् ।


कार्यक्रममा वरिष्ठ गायकगायिका पुरुषोतम न्यौपाने, हरिदेवी कोइराला, शान्ति गुरुङ, जीवन दाहाल, घनश्याम रिजाल, शंकरविरही गुरुङ र कुमार पुनसहित सहभागी थिए । 


साधारण सभाबाट सांगठिक र आर्थिक प्रतिवेदन पारित भएको सचिव पौडेलले जानकारी दिए । कार्यक्रममा गण्डकीका ९ जिल्लाका प्रतिष्ठानका प्रतिनिधि सहभागी थिए । 


 

पोखरा:  रेडियो अन्नपूर्ण ९३।४ मेगाहर्ज पोखराले मंसिर १८ गते “स्मृतिमा झलकमान र नारायण गोपाल साँझ” आयोजना  गर्ने भएको छ ।  झलकमान गन्धर्व सारङ्गी पाठशाला र पोखरा महानगरपालिका...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा सम्पन्न नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ बोहोराफाँट समाज जापान गलकोट र महिलातर्फ झिर हाउस बागलुङले उपाधि चुमेको छ ।  पोखरा–३ नदी...

थप पढ्नुहोस्

पोखरा: कास्की जिल्ला टेनिस संघद्वारा आयोजनामा पोखरा रंगशालाको टेनिस सेन्टरमा सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे-३० सर्किट १ र २ को सम्पूर्ण तयारी पुरा भएको छ ।   भोली (सोमबार) बाट सुरू हुन...

थप पढ्नुहोस्