‘पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छिमेकी मुलुकको सहयोग आवश्यक’
काठमाडाैं | भदौ २६, २०८१

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रुपमा सञ्चालन गर्न छिमेकी मुलुकको बलियो सहयोग आवश्यक रहेको बताउनुभएको छ ।
भारतको नयाँ दिल्लीमा आजदेखि सुरु भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ९आइकाओ० को एशिया प्रशान्त क्षेत्रको मन्त्रिस्तरीय दोस्रो सम्मेलनमा उहाँले दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छिमेकी देशको सहयोगको अपेक्षा गरिएको बताउनुभएको हो ।
पर्यटनमन्त्री पाण्डेले आइकाओ तथा अन्य सदस्य मुलुकलाई नेपालमा उड्डयन क्षेत्रको अनुसन्धान तथा तालिम केन्द्र स्थापना गर्न आग्रह गर्नुभयो । उहाँ उक्त प्रयोजनका निम्ति आवश्यक सहजीकरण गर्न सरकार तयार रहेको उल्लेख गर्नुभयो ।
“हाम्रा अन्तर्राष्ट्रिय विमानस्थल अहिलेसम्म सर्टिफाइ भइसकेका छन्, पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न क्षेत्रीय सहयोगको अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो, “यसबाट हाम्रो नागरिक उड्डयन क्षेत्रको निरन्तर सुधारप्रतिको हाम्रो प्रतिबद्धता स्पष्ट हुनेछ ।”
नेपाल हवाई सुरक्षाका लागि क्षमता अभिवृद्धिप्रति प्रतिबद्ध रहेको र आइकाओको युनिभर्सल सेफ्टी ओभरसाइइट अडिट प्रोग्राम ९युएसओएपी० कार्यान्वयनका विषयमा नेपालले सन् २०२२ मै विश्वका अरु मुलुकको हाराहारीमा उपलब्धि हासिल गरेको स्मरण गराउनुभयो ।
उहाँले भन्नुभयो, “सन् २०२२ को लेखापरिक्षणमा नेपालले सरदर ७० प्रतिशतको हाराहारीमा अङ्क हासिल गरेको कुरा यहाँ जानकारी गराउन पाउँदा म हर्षित छु । नेपालले ‘ग्लोबल एभियसन सेफ्टी प्लान’का मुख्य सिद्धान्तलाई ‘नेशनल सेफ्टी प्लान’मा सफलतापूर्वक एकीकृत गराइसकेको छ ।”
मन्त्री पाण्डेले सिकागो सम्मेलनको एउटा हस्ताक्षरकर्ता मुलुक भएका नाताले नेपालले सम्मेलनका सिद्धान्तलाई स्वीकार गरेको बताउनुभयो । उहाँले दुर्घटना अनुसन्धानको स्वतन्त्र जाँचबुझ गर्न स्थायी निकायको स्थापनाका लागि नयाँ कानुन निर्माणको काम अगाडि बढाइएको जानकारी दिनुभयो ।
उहाँले नेपालमा क्षेत्रीय अनुसन्धान तथा तालिम केन्द्रको स्थापना गर्नुका साथै एयर नेभिगेशन सर्भिस ९एएनएस०सँग सम्बन्धित खोजी तथा उद्धार, मौसमसम्बन्धी सेवा र एयर ट्राफिक फ्लो म्यानेजमेन्टजस्ता विषयमा भएका राम्रा प्रयासको प्रवद्र्धनका लागि संयुक्त रुपमा काम गर्न सकिने धारणा राख्नुभयो ।
नयाँ दिल्लीमा जारी दुईदिने एशिया प्रशान्त क्षेत्रको मन्त्रिस्तरीय सम्मेलन भारत सरकार र आइकाओले संयुक्त रुपमा आयोजना गरेको हो । एशिया प्रशान्त क्षेत्रमा नागरिक उड्डयनलाई थप प्रभावकारी बनाउन नयाँ रोडम्याप तयार गर्ने उद्देश्यले आयोजित सो सम्मेलन बिहीबार समापन हुने छ ।
समापन समारोहलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त सम्मेलनमा ।करिब ४१ देशका दुई सय ५० भन्दाबढी प्रतिनिधिको सहभागिता रहेको जनाइएको छ ।
चितवन प्रहरीले भरतपुर महानगरपालिका–२६ सिसुबारबाट लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका–२६ बस्ने ६१ वर्षीया शान्ती कुमारी महतो र २५ वर्षीय विशा...
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पक्राउ परेसँगै वर्तमान सरकारलाई निरंकुश सरकार भएको बताएका छन् । प्रहरी नियन्त्रणमा रहेको क्रममा मिडियाकर्मीहरुसँग बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् । ...
काठमाडौं: राप्रपाका नेताहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने माग लेखिएका पम्प्लेट बोकेर प्रदर्शन गरेपछि प्रहरीले राप्...