पल्सर अवार्ड: चार विधाको मनोनयन सार्वजनिक
काठमाडाैं | भदौ २४, २०८१

काठमाडौं: नेपाली खेलकुदको प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड, २०८०’ को वर्ष पुरुष, महिला, युवा खेलाडी तथा प्रशिक्षक गरी चार विधाको मनोनयन सार्वजनिक गरिएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्पmत २१औँ संस्करणको अवार्डको चार विधाको मनोनयन सार्वजनिक गरिएको हो । चार विधातर्फ उत्कृष्ट पाँच÷पाँच खेलाडी र प्रशिक्षक मनोनयनमा परेका हुन् ।
उक्त अवार्डका लागि पुरुषतर्पm क्रिकेटका दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेल, करातेका मोहम्मद शेख आलम, फुटबलका अनन्त तामाङ र गल्फका सुवास तामाङ मनोनयनमा परेका छन् ।
त्यस्तै महिलातर्पm करातेकी एरिका गुरुङ, फुटबलकी सावित्रा भण्डारी, क्रिकेटकी रुविना क्षेत्री, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र कबड्डीकी मेनुका राजवंशी मनोनयनमा परेका छन् ।
विसं २०८० मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र नतिजाका आधारमा उनीहरुलाई मनोनयनमा समावेश गरिएको हो । आयोजक मञ्चका महासचिव प्रज्ज्वल ओलीको संयोजकत्वमा गठित सात सदस्यीय छनोट समितिले वर्ष खेलाडी र प्रशिक्षकको छनोट गरेको हो ।
यसैगरी युवा वर्ष खेलाडीको मनोनयनमा अर्जुन कुमाल (क्रिकेट), हेमन्त पाल (भारोत्तोलन), प्रीति राई (फुटबल), सुजन गडाल (टेबलटेनिस) र सुनिरा थापा (टेनिस) छन् ।
यस्तै वर्ष उत्कृष्ट प्रशिक्षकतर्फ कविराज नेगी लामा (पारा तेक्वान्दो), कुशल श्रेष्ठ (कराते), मोन्टी देसाई (क्रिकेट), पार्वती राई (कबड्डी) र सञ्जय मर्हजन (भारोत्तोलन) मनोनयनमा परेका छन् । उक्त मनोनयनमा पर्नेमध्ये एकजना खेलाडी अवार्डबाट सम्मानित हुनेछन् ।
अवार्ड कार्यक्रम यही भदौ २८ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुँदैछ । छनोट समितिका संयोजक ओलीले यस वर्ष धेरै खेलाडी मनोनयनका लागि दाबेदार रहेकाले उत्कृष्ट पाँच छनोट गर्न कठिन भएको उल्लेख गर्दै मनोनयनमा समावेश सबै खेलाडी आफ्नो विजेताजस्तै रहेको प्रतिक्रिया दिनुभयो ।
मनोनयन सार्वजनिक कार्यक्रममा एसियाली खेलकुद पत्रकार महासङ्घ (एआइपिएस) का केन्द्रीय सदस्य इम्यानुएल फ्यान्टानेनुले खेलाडीलाई सम्मान गर्नु राम्रो पक्ष रहेको उल्लेख गर्दै मनोनयनमा पर्ने सबै खेलाडीलाई शुभकामना दिनुभयो ।
यसपटक मञ्चले अवार्ड कार्यक्रमसँगै एसियाली खेलकुद पत्रकार महासङ्घ (एआइपिएस, एसिया) को कंग्रेस पनि आयोजना गर्दै छ । नेपाल खेलकुद पत्रकार मञ्च आइपिएस एसियाको सदस्य हो ।
यसअघि अवार्डको पिपुल्स च्वाइस विधा मनोनयन सार्वजनिक भइसकेको छ । पिपुल्स च्वाइसतर्फ फुटबलकी प्रीति राई, कबड्डीकी मानमति विष्ट, भलिबलकी कविता भट्ट, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुलसन झा मनोनयनमा परिसकेका छन् ।
यसको विजेता घोषणा गर्नका लागि ईसेवामार्फत मतदान, २९ खेलका प्रमुख प्रशिक्षकको मत, एनएसजेफका सदस्यको मत र पल्सर स्पोटर््स अवार्ड तथा पल्सर नेपालको आधिकारिक फेसबुक पेजमा प्राप्त लाइकलाई आधार मानिने छ । ईसेवाको मत भदौ २७ गते राति १२ बजेसम्म खुला रहनेछ ।
अवार्डका अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, टिम अफ दी इयर र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा भने कार्यक्रमकै दिन गरिने संयोजक ओलीले जानकारी दिनुभयो ।
यसपटक वर्ष पुरुष, महिला, युवा र प्रशिक्षक विधाको विजेताले पल्सर एनएस २०० मोटरसाइकल प्राप्त गर्नेछन् । पिपुल्स च्वाइस विधाको विजेताले भने पल्सर एनएस ४०० मोटर बाइक जित्नेछन् । अन्य विधाका विजेतालाई जनही रु एक लाख र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले राजावादीको प्रदर्शनमा भएका घटनामा पक्राउ परेका नेतालाई रिहाई नगरेको भन्दै प्रदर्शन गरेको छ। आज दिउँसो बानेश्वर क्षेत्रमा राप्रपाका नेता तथा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका ...
रोल्पाको लुङग्री गाउँपालिका वडा नम्बर ७ स्थित हारजङ गाउँमा कुकुरलाई झुड्याएर हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा ११ वर्षीय जलजला पुन र १७ वर्षीय डम्बर पुन रहेक...
धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ। परम्परागत रूपमा गाईपालन गर्दै आएका उनको गोठमा १९ गाई छन्। हिउँदमा बेँसी र बर्खायाममा लेकका बुकीमा...