दमौली अस्पतालमा सङ्क्रमणजन्य रोगका बिरामी बढे

तनहुँ | असार २८, २०७९

दमौली अस्पतालमा सङ्क्रमणजन्य रोगका बिरामी बढे

तनहुँ  :  तनहुँको दमौली अस्पतालमा सङ्क्रमणजन्य रोगका बिरामी बढेका छन् । ज्वरो, टाइफाइड, निमोनिया, रुघाखोकी, झाडापखला लगायतका बिरामी बढेको सो अस्पतालले जनाएको छ । अस्पतालमा आएका बिरामीमध्ये रुघाखोकी, टाइफाइडका बिरामी धेरै भएको अस्पतालका डा दिवस ढकालले जानकारी दिनुभयो । 

 

दिनमा २५० भन्दा बढी बिरामी उपचारार्थ आउनेमा ३० देखि ४० प्रतिशत टाइफाइडका बिरामी छन् । सङ्क्रमणजन्य रोग भएकोले एक व्यक्तिबाट अर्कोमा सर्न सक्ने भएकोले सुरक्षित हुन होम आइसोलेशनमा बस्ने र खानपानमा ध्यान दिन सुझाव दिइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,“पानी उमालेर खान र आराम गर्न सुझाब दिइएको छ ।” टाइफाइड रोग खानेपानी  र खानाबाट सर्ने भएकोले सफा खाने पानी पिउन र स्वास्थ्यकर खाना खाना आग्रह गरेको उहाँले बताउनुभयो ।

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्