कांग्रेस र एमाले बीचको सहमति कार्यान्वयनमा शङ्का नगर्न गृहमन्त्रीको आग्रह

कञ्चनपुर | भदौ २०, २०८१

कांग्रेस र एमाले बीचको सहमति कार्यान्वयनमा शङ्का नगर्न गृहमन्त्रीको आग्रह

कञ्चनपुर:   गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीलाई सबैभन्दा ठूलो नाकाका रुपमा विकास गर्ने सकारको लक्ष्य रहेको जानकारी दिनुभएको छ  । 


“कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ”, उहाँले भन्नुभयो, “निकट भविष्यमा नै दार्चुलाको तिङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने निर्णय भएको छ यसले चीनसँग जोड्छ ।”

    
प्रेस युनियन कञ्चनपुरद्वारा आज महेन्द्रनगरमा आयोजित पत्रकार सम्ममेलनमा उहाँले दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण गर्न छिमेकी मुलुक भारत तयार रहेको बताउनुभयो । 


“दुई÷तीन महिनाभित्रै सुक्खा बन्दरगाह निर्माणका लागि भारतले बोलपत्र आह्वान गर्छ”, गृहमन्त्री लेखकले भन्नुभयो, “चाँडै सुक्खा बन्दरगाहको काम अघि बढ्नेछ ।” पत्रकार सम्मेलनमा उहाँले संसद्मा भएका दुई ठूला दलबीच सहमति भएर नयाँ राजनीतिक समीकरण बनेकोले जनाउँदै सहमति कार्यान्वयनमा शङ्का नगर्न आग्रह गुर्नभयो । “दुई दलबीच सात बुँदे सहमति भएर सरकार निर्माण भएको छ”, उहाँले भन्नुभयो, “यो गठबन्धन आगामी चुनावसम्मै जान्छ यसमा ढुक्क हुनुस् ।” 

    
गृहमन्त्री लेखकले निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुने पनि पत्रकार सम्मेलनमा जानकारी दिनुभयो  “यो प्रकरण मैले गम्भीरताका साथ लिएको छु । यो घटनाको सुक्ष्म ढङ्गले अनुसन्धान हुन्छ”, उहाँले भन्नुभयो । 


कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको २०७५ साउन १० मा बलात्कारपछि हत्या भएको थियो । घटना भएको छ वर्ष पुग्न लाग्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन । 

पोखरा:  इन्टरसिटी एडभेन्चर ट्राभल्स एण्ड टूर प्रालिले पोखराको छोरेपाटनबाट काठमाडौंसम्म अत्याधुनिक लग्जरी बस सेवा सुरु गरेको छ। पृथ्वी राजमार्ग बस व्यवसाय समितिका अध्यक्ष योगेन्द्र केसीले रिबन काटेर ...

थप पढ्नुहोस्

कञ्चनपुर:   गएराति देखिको अविरल वर्षाले डुबानमा पार्दा कृष्णपुर नगरपालिका–५ पवित्राबस्तीका आरती विकको चार जनाको परिवारलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्...

थप पढ्नुहोस्

कैलाली:   गए रातिदेखिको अविरल वर्षा कारण धनगढी बजारलगायत आसपासका विभिन्न क्षेत्र आज जलमग्न भएका छन् ।  मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, हसनपुर, क्याम्पस रोड, मालिका टोल, कृष्णनगर, प...

थप पढ्नुहोस्