धौलागिरी अस्पताललाई मेडिकल कलेज बनाउन पहल गर्छु: स्वास्थ्यमन्त्री पाठक

पाेखरा | भदौ १८, २०८१

धौलागिरी अस्पताललाई मेडिकल कलेज बनाउन पहल गर्छु: स्वास्थ्यमन्त्री पाठक

पोखरा:   गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले बागलुङस्थित धौलागिरी उपप्रादेशिक अस्पताललाई कुनै विभागको शिक्षण अस्पताल बनाउन आफ्नो कार्यकालमा पहल गर्ने बताएका छन् । 


नेकपा एमाले बागलुङले मंगलबार आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा बोल्दै नवनियुक्त स्वास्थ्यमन्त्री पाठकले हाल अस्पतालमा रहेका समस्या समाधान गरेर नयाँ ढंगले अघि बढ्ने योजना सुनाएका हुन् । 


‘अस्पताललाई मेडिकल कलेजको रूपमा विकास गर्ने सोच छ । त्यही ढंगले लाग्ने छु । आयुर्वेद अस्पताल छन् प्रदेशअन्तर्गत । त्यसलाई पनि व्यवस्थापन गर्नुपर्ने छ’ उनले भने । 


बागलुङकै बुर्तिबाङ र गोरखाको अमलटारी स्वास्थ्य केन्द्रलाई सुविधा सम्पन्न बनाउने काम पनि आफ्नो कार्यकालमा गर्ने उनले प्रतिबद्धता जनाए । 


जनताको स्वास्थ्यलाई ध्यानमा राखेर नसर्ने रोगको पहिचान गर्ने र न्यूनीकरण गरेर अगाडि बढ्नपर्छ भनेर स्क्रिनिङको पहिलो निर्णय गरेको मन्त्री पाठकले बताए । मन्त्री पाठकले आन्दोलन र पार्टीमा निरन्तर लाग्दा अवसर पाइने भन्दै पार्टीसम्बद्ध कोही पनि निराश नहुन आग्रह गरे । 


ब्रिफिङ लिने काम सुरु भएको र त्यो सकेपछि नीतिगत हिसाबले गर्नपर्ने काममा सक्रिय हुने मन्त्री पाठकको भनाइ थियो । 


एमाले बागलुङ अध्यक्ष हिराबहादुर केसीले धौलागिरी क्याम्पस र धौलागिरी अस्पतालको विकास गर्न सके त्यससँग बागलुङको सुनौलो भविष्य जोडिने सुनाए । मन्त्री र बीचमा बाटो बिराउनुभएका पुरानाहरु एमालेमा फर्किनु एकैपटक हुनु बागलुङका लागि खुसीको विषय भएको अध्यक्ष केसीले बताए । 


आफूले जिल्ला अध्यक्ष जित्दा अध्यक्षका उम्मेदवार पाठकलाई व्यवस्थापन गर्नुपर्छ भनेर भनेको केसीले स्मरण गरे । ‘हामी दुई जना लड्यौँ । मैले जितेपछि प्रतिबद्धता जनाउँदा पाठक कमरेडको राजनीतिक व्यवस्थापन गरिनुपर्छ भनेर भनेको र पाठक मन्त्री बन्नु खुसीको विषय हो’, उनले भने । 


छिमेकी जिल्ला म्याग्दी, पर्वतका एमाले सांसदले यसअघि मन्त्री पाएको तर बागलुङले मन्त्री देख्न नपाउने अवस्था रहँदै आएकोमा अब त्यसको अन्त्य भएको अध्यक्ष केसीको भनाइ थियो । पाठक सफल भएमा एमाले बागलुङले भोलि फेरि अवसर पाउन सक्ने सम्भावना रहेकाले सबै मिलेर मन्त्रीलाई सफल बनाउनपर्ने उनले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्