विन्ध्येश्वरीमा सिपिएस अभिभावकीय तालिम
पाेखरा | भदौ १७, २०८१

‘‘गुणस्तरीय शिक्षा अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ पोखरा १ मोहरियाटोलमा सञ्चालित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा सिपिएस अभिभावकीय तालिम तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
लावण्य इन्टरनेसनल काठमाडौँका प्रबन्धक निर्देक मनोज पण्डितको प्रमुख आतिथ्यतामा तथा गण्डकी प्रदेशका बजार व्यवस्थापक प्रमुख हरि खनालको आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा बोल्दै उहाँले विद्यालय प्रशासन, शिक्षक र अभिभावकको संयुक्त प्रयासबाट नै नानीबाबुलाई संस्कारयुक्त असल बनाउन सहयोग पुग्ने बताउनुभयो ।
साथै लावण्य र सि.पि.एस.को बारेमा पनि प्रष्ट्याउनु भएको थियो ।
कार्यक्रममा कक्षा नर्सरी, एलकेजी र युकेजीका विद्यार्थीहरुले आफूले सिकेका कुराहरु प्रस्तुत गरेका थिए ।
विद्यालयकी सि.पि.एस. प्रमुख रोजिना लगुनले शिक्षक तथा अभिभावक बिचमा सहजीकरण गर्नुभएको थियो ।
विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रमको सञ्चालन शिक्षिका माया क्षेत्रीले गर्नुभएको थियो ।
पोखरा: नेपाली समाज अनि संस्कृतिको बारेमा गहन अध्ययन गरेका वेलायतका प्राध्यापक डेविड गेल्नरले शुक्रबार पोखरामा यसबारे चर्चा गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक गेल्नरले नेपाली दलित सम...
काठमाडौं: सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले ज...
पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...