दिनभर गिट्टी कुटेर महानगर बन्दैन: मेयर आचार्य
पाेखरा | असार २७, २०७९
पोखरा: पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले चर्चाका लागि दिनभर गिट्टी कुटेर महानगर समृद्ध बन्न नसक्ने बताएका छन् ।
पोखरा महानगरपालिकाको एघारौँ नगरसभाबाट बजेट पारित भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मेयर आचार्यले चर्चाका लागि गरिएको कार्यले सफल महानगर बनाउन नसक्ने टिप्पणी गरेका हुन् ।
समृद्ध महानगर बनाउन आएका जनप्रतिनिधिहरुले खोलामा गएर गिट्टी कुट्नु सस्तो लोकप्रियाता मात्रै भएको मेयर आचार्यले दाबी गरे । ‘काठमाडौँ र धरानका मेयरले गरेको कार्य नराम्रो होइन, उनले भने, ‘तर एक दिन खोलामा गिट्टी कुटेर बस्दा महानगरको अरु काममा अवरोध पुग्छ । त्यसैले त्यो सस्तो लोकप्रियता मात्रै हो ।’
उनले जनप्रतिनिधि नै गिटी कुटेर हिड्न फुर्सद नहुने भन्दै चर्चाको लागि मात्रै त्यस्तको कार्य गरेको दोहोर्याए ।
जनताले पाँच वर्षका लागि काम गर्न पठाएको मेयर आचार्यले बताउदै भने, ‘चर्चाका लागि गरिएको हो । तर त्यो काम मयेरले गर्ने होईन । ५ वर्षसम्म योजना र विधि पु¥याएर समृद्ध महानगर बनाउन तिर लाग्नुपर्छ ।’
मेयर आचार्यले फरक प्रसंगमा बोल्दै आफुले महानगरको काममा अवरोध पुग्ने खालको कार्यक्रम, उद्घाटन, सभा सम्मेलनमा नगएको स्पष्ट पारे ।
त्यसैगरि महानगरले सडकका खाल्डाहरु पुर्ने कामलाई तिव्रता दिएको बताउदै आवश्यक पूर्वाधार खरिद गर्न विभिन्न शिर्षकमा बजेट विनियोजन गरेको बताए । उनले महानगरलाई सफा र फोहोरमुक्त बनाउनका लागि आवश्यक परेको खण्डमा बु्रमर खरिद गर्नेगरि योजना तर्जुमा गरेको उल्लेख गरे ।
मेयर आचार्यले उपत्यका नगर विकासको पक्षमा जिल्ला अदालत कास्कीले फैसला सुनाएपछि ३५ दिने अल्टिमेटमसहित आफ्नो जग्गा संरक्षण गर्न डोजर चलाएको बताए । ‘जिल्ला अदालतले उपत्यका नगर विकासको पक्षमा फैसला गर्याे । त्यो जग्गाको संरक्षण गर्ने दायित्य हाम्रो हो, मेयर आचार्यले भने, ‘त्यसैले हामीले ३५ दिने सुचना जारी गर्दै संरक्षण गर्नका लागि डोजर लगाएको हो ।’
ल्याण्डफिल्ड साइटलाई पोखरा ३३ को टिमुरफाटामा लाने भनिएपनि स्थानीयको अवरोध पनि महानगरले विकल्प खोजिरहेको आचार्यले बताए । उनले फोहोर व्यवस्थापनका लागि फोहोरको प्रकृति अनुसार व्यवस्थापन गर्ने उल्लेख गरे ।
उनले निर्माणाधिन पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनका लागि ल्याण्डफिल्ड साइट सार्नैपर्ने बताउदै फोहोर व्यवस्थापनको जिम्मा पाएको कम्पनीलाई केही समय मात्रै म्याद थपेको जानकारी दिए ।
महानगरको एघारौं नगरसभाले सर्वसम्मत पारित गरेको बजेटमा सम्मुन्नत पर्यटकीय पोखरा बनाउने, पर्यटनको पूर्वाधार निर्माण गर्ने, सडक सौन्दर्यकरण, पार्कहरु निर्माण गर्ने, फोहोरमैलाको उचित व्यवस्थापन गर्ने, वातावरण संरक्षण, उद्यमशील तथा रोजगार केन्द्रित कार्यक्रम अघि सार्ने र ग्रामीण एवं शहरको सन्तुलित विकासलाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएको छ । साथै एक वडा एक सार्वजनिक शौचालय निर्माण गर्ने, सवारी जोखिम न्युनीकरणको लागि न्युरोड र मुख्य सडकमा डिभाइडर राख्ने, सडकहरुमा रोड मार्किङ, ट्राफिक लाइट र सि.सि क्यामेरा जडान, सोलार लाइट र स्मार्ट सडक बत्ती राख्नका लागि पर्याप्त बजेट छुट्याईएको महानगरले जनाएको छ ।
पोखरा महानगरको आर्थिक वर्षका लागि कुल बजेट ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रहेको छ । सो मध्ये पूर्वाधार विकास कार्यक्रममा ४ अर्ब ५३ करोड ९२ लाख र महानगरको साधारण र महाशाखातर्फ ३ अर्ब ५१ करोड ५३ लाख ५५ हजार र वडा कार्यालयहरु तर्फ ७२ करोड ६० लाख बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षको तुलनामा यो बजेट ४० प्रतिशत बढी हो ।
खोटाङ: आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने ‘मुन्दुम ट्रेल’ (पदमार्ग) को थप पर्यटन प्रवर्द्धन गर्न आयोजना गर्न लागिएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ आगामी पुस १७ गत...
गण्डकी: शल्यचिकित्सक समाज नेपालको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा जारी छ । ‘साउथ एसियन सर्जिकल केयर सोसाइटी’सँगको सहकार्यमा शुक्रबारदेखि सुरु भएको सम्मेलनमा आठ सय बढी सहभागी छन् ।&nb...
नवलपरासी: पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयमा पुस्तकालय स्थापना गरिएको छ । जिल्लाका प्रत्येक प्रहरीलाई अध्ययनशील बनाउन जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय स्थापना गरिएको हो । जिल्ला प्रहरी कार्य...