भ्रष्टाचार मुद्दामा ५ बर्षे हदम्याद राख्ने प्रस्ताव हट्यो
काठमाडाैं | भदौ १४, २०८१
काठमाडौं: भ्रष्टाचारसम्बन्धी कसुरमा पाँच वर्षे हदम्याद नलाग्ने भएको छ।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा सरकारले ल्याएको पाँच वर्षे हदम्याद हटाउने विषयमा सहमति जुटेको हो।
सरकारका तर्फबाट गरिएको ५ बर्षे हदम्यादको प्रस्ताव हटाउने निर्णय गृहमन्त्री रमेश लेखकले समितिको बैठकमा जानकारी गराउनुभएको थियो ।
५ बर्षे हदम्याद हटाउने निर्णयलाई समितिले पास गरेको हाम्रा प्रतिनिधि सुरेन्द्र आचार्यले जानकारी गराएका छन।
पोखरा: रेडियो अन्नपूर्ण ९३।४ मेगाहर्ज पोखराले मंसिर १८ गते “स्मृतिमा झलकमान र नारायण गोपाल साँझ” आयोजना गर्ने भएको छ । झलकमान गन्धर्व सारङ्गी पाठशाला र पोखरा महानगरपालिका...
पोखरा: पोखरामा सम्पन्न नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ बोहोराफाँट समाज जापान गलकोट र महिलातर्फ झिर हाउस बागलुङले उपाधि चुमेको छ । पोखरा–३ नदी...
पोखरा: कास्की जिल्ला टेनिस संघद्वारा आयोजनामा पोखरा रंगशालाको टेनिस सेन्टरमा सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे-३० सर्किट १ र २ को सम्पूर्ण तयारी पुरा भएको छ । भोली (सोमबार) बाट सुरू हुन...

