घोरबन्दामा जारी फुटबलमा एलएमसी क्वाटरफाइनलमा प्रवेश

पाल्पा | भदौ १०, २०८१

घोरबन्दामा जारी फुटबलमा एलएमसी क्वाटरफाइनलमा प्रवेश

पाल्पा:   पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी नकआउट फुटबल प्रतियोगितामा लुम्बिनी मेडिकल कलेजले आयोजक निलोलाई पराजित गरेको छ ।

 

हरितालिका तीजको अवसरमा नव जागृति युवा क्लबको अयोजनामा घोरबन्दास्थित कोठिचौर खेलमैदानमा आज (सोमबार) भएको खेलमा आयोजक निलोलाई ३–२ गोल अन्तरले पराजित गर्दै एलएमसी क्वाटरफाइनलमा प्रवेश गरेको क्लबका कोषाध्यक्ष मनिक गाहामगरले जानकारी दिए ।

 

उनका अनुसार एलएमसीको जीतमा म्यान अफ द म्याच घोषित भएका सौगात केसीले १ गोल गरे । भने, आयोजक नव जागृति युवा क्लबको तर्फबाट २ गोल आत्मघाती हुन पुगेको थियो । 

 

यता हार व्यहोरेको आयोजक निलोका लागि राजन गाहा र विवश गाहाले समान १ गोल फर्काएका थिए ।

 

 

निकै प्रतिस्पर्धात्मक बनेको खेलबाट जीत निकालेको एलएमसीले अब १३ गते हुने प्रकृति एफसी र एमएमसी एबीचको विजेता टिमसँग यही १७ गते  प्रतिस्पर्धा गर्नेछ ।

 

भोलि (मंगलबार) दिउँसो ३ बजे न्यू हिमाली एफसी र युनाइटेड युथ एफसीबीच प्रतिस्पर्धा हुने गाहामगरले बताए ।

 

उनका अनुसार यही २१ गते फाइनल हुने सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित  नगद रु ६०  हजार प्राप्त गर्नेछ । यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार हात पार्नेछ ।

कुल १३ टिमको सहभागिता रहेको प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

 


 

विराटनगर: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताउनुभएको छ । विर...

थप पढ्नुहोस्

काठमाडौं: लगातार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक शुक्रबार पनि सूचना टाँस गरेर जेठ २५ गते आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ ।  विपक्षी दलले गृहमन्त्रीको राजीनामा सहितका माग गर्दै सदन सञ्च...

थप पढ्नुहोस्

धनुषा:  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्...

थप पढ्नुहोस्