व्यवसायीक गुणस्तरका लागि स्वच्छ प्रतिष्पर्धा हुनुपर्छ: अधिकारी
पाेखरा | भदौ ९, २०८१
पोखरा: नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले व्यवसायमा गुणस्तरका लागि स्वच्छ प्रतिष्पर्धा हुनुपर्ने बताएका छन् ।
शनिबार पोखरामा फर्निचर तथा फर्निसिङ व्यवसायी सङ्घ कास्कीले आयोजना गरेको वार्षिक साधारण सभा एवम् १२ औँ अधिवेशनको उद्घाटन गर्दै उनले व्यवसायमा अस्वस्थ प्रतिष्पर्धा भने गर्न नहुनेमा सचेत गराए ।
‘व्यवसायमा गुणस्तरका लागि स्वच्छ प्रतिष्पर्धा हुनुपर्छ, अस्वस्थ प्रतिष्पर्धा गर्नुहुँदैन’ उनले भने ।
स्वदेशी उत्पादनको उपयोगमा जोड दिएका उनले त्यसको प्रयोग गर्नको लागि ऐन नियमावली मार्फत परेका समस्या फुकाउन सहजीकरण गर्ने प्रतिवद्धता जनाए ।
‘हाम्रो उत्पादन हामी उपयोग गरौँ र हामीले वन ऐन नियमावली संशोधन गर्नुपर्ने विषयहरूलाई राम्रोसँग तपाइहरूले प्रष्ट पार्नुहोस्’ उनले आग्रह गरे ।
धराशायी हुँदै गरेको व्यवसायको क्षेत्रमा नयाँ सरकारको गठन पश्चात सुधारका केही सङ्केत देखिन थालेको उनको दावी थियो ।
नेप्सेमा भएको वृद्धि त्यसको एउटा उदाहरण भएको बताएका उनले निष्कृय पैसालाई सक्रिय बनाउनुपर्ने बताए । फर्निचर तथा फर्निसिङमा आत्मनिर्भर बनाउनको लागि उनले व्यवसायीसँग आग्रह गरे ।
पोखरा २९ भण्डारढिकमा जारी ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’ अन्तरगत शनिबारसेभेन ए साइड फुटबल प्रतियोगितातर्फ ७ खेल सम्पन्न भएका छन् । क्लबका अध्यक्ष विष्णुु पुन...
पोखरा। गण्डकी स्पोर्टस् क्लबको आयोजनामा मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि न्यूरोड एफसी र एनके एफसी भिड्ने भएका छन् । &n...
पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सवमा चहलपहल बढ्दै गएको छ । शुक्रबारदेखि सुरु महोत्सवको दोस्रो दिन शनिबार आज दर्शक सहभागिता बढेको हो । शनिबार बिदा परेको र मौसमले समेत साथ दिएसँगै जन...

