सेभेन ए साइड फुटबलमा कस्केरी च्याम्पियन

पाेखरा | भदौ ८, २०८१

सेभेन ए साइड फुटबलमा कस्केरी च्याम्पियन

पोखरा:    पोखराको पुरानो टुडिखेलमा सम्पन्न एमसी एण्ड वामे प्रिजेन्ट्स सेभेन ए साइड फुटबल प्रतियोगितामा कस्केरी १ च्याम्पियन बनेको छ ।

 

आयोजक कमिटीका प्रतिनिधि आकाश थपलियाका अनुसार कस्केरी, एट टु नाइन, क्लब डि र सनराइज एफसी अन्तिम चारमा  प्रवेश गरेका हुन् । 

 

पोखरा १ पुरानो टुंडिखेलमा शनिबार भएको फाइनल खेलमा एट टु नाइन एफसीलाई १–० गोल अन्तरले पराजित गदै कस्केरी च्याम्पियन बनेको हो ।

 

कस्केरीका युडी पुनले निर्णायक गोल गरे । 

 

च्याम्पियन बनेको कस्केरीले नगद रु १ लाख, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गयो । भने, उपविजेता बनेको एट टु नाइन एफसीलाई नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजक कमिटीका प्रतिनिधि आकाश थपलियाले जानकारी दिए ।

 

उनका अनुसार सो प्रतियोगिताबाट सिआर गुरुङ सर्वोत्कृष्ट खेलाडीका रुपमा नगद रु ३ हजारसहित पुरस्कृत भए । 

 

यस्तै उदीयमान खेलाडीका रुपमा अभिषेक गुरुङ, उत्कृष्ट गोलरक्षकका रुपमा दिप कार्की र सर्वाधिक गोलकर्ताका रुपमा अनुज भण्डारी घोषित हुँदैं जनही २ हजारसहित पुरस्कृत भए । कुल ६१ टिमको सहभागिता रहेको सो प्रतियोगिता गत १ गतेदेखि चलेको थियो ।

 

विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि समेत रहेका वडा प्रहरी बगरका प्रहरी प्रमुख बोधराज रेग्मी,पुरस्कारदाताहरु लगायतले पुरस्कार प्रदान गरेका थिए । 

 


 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्