श्रीमदवीतक चर्चा संगै महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी परीक्षण
पाेखरा | भदौ ८, २०८१
पोखरा: पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा जारी श्रीमदवीतक चर्चा तथा श्रीकृष्ण प्रवचनका बीच महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
श्रीकृष्ण प्रणामी मन्दिरमा जारी एक महिने श्रीमदवीतक चर्चामा आउने भक्तजनहरुलाई लक्षित गरी प्रयास नेपाल र लायन्स क्लव अफ पोखरा स्काइ टाउनको आयोजनामा सम्पन्न स्वास्थ्य परीक्षण कार्यक्रममा ७५ जना महिला दिदीबहिनीहरुले स्वास्थ्य परीक्षण गराएका थिए ।
सो अवसरमा बोल्दै वरिष्ठ आँखा रोग विशेषज्ञ डा. इन्द्रमान महर्जनले महिलाहरुको पाठेघरको क्यान्सर हुनु अगावै पाठेघरको मुखको क्यान्सरको जाँज गराउन सके पाठेघरको क्यान्सरबाट बच्न सकिने बताए ।
पाठेघरको क्यान्सरको बारेमा अझैपनि समाजमा सचेतना फैल्याउन आवश्यक रहेको वताउदै श्रीकृष्ण प्रणामी मन्दिरमा प्रयास नेपाल र लायन्स क्लव अफ पोखरा स्काइ टाउनले आयोजना गरेको स्वास्थ्य शिविरले सकारात्मक सन्देश प्रवाह गरेको समेत बताए ।
प्रयास नेपाल अध्यक्ष शर्मिला भट्टराईले प्रयास नेपालले शिक्षा, स्वास्थ्य र सेवाको क्षेत्रमा काम गर्दै आइरहदा महिलाहरुको पाठेघरको क्यान्सरको दर दिनानुदिन बढ्दै गइरहेको त्यस प्रति सचेत गराउनका लागि पाठेघरको मुखको क्यान्सरको बारेमा सचेतना संगै परीक्षण कार्यक्रमको आयोजना गरिएको बताइन ।
पाठेघरको मुखको क्यान्सरको परिक्षण मार्फत पाठेघरमा क्यान्सर हुदैछ भन्ने जानकारी पाइने भएकाले ३० देखी ६० वर्ष उमेर पुगेका महिलाहरुले त्यसबारेमा ध्यान दिन आवश्यक रहेको उनको भनाइ रहेको थियो ।
पछिल्लो समय मानिसहरुलाई मानसिक समस्याहरु समेत देखिने क्रम वढिरहेकाले प्रयास नेपालले त्यस तर्फ समेत काम गर्दै मनोसामाजिक परामर्शको कार्यक्रमहरुलाई समेत प्रयास नेपालले निरन्तरता दिदै आएको भट्टराईको भनाइ रहेको थियो ।
सो अवसरमा बोल्दै राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोक शाखाका हरिराम पराजुलीले पछिल्लो समय खानपान र रहनसहनका कारण विभिन्न रोगहरु लाग्ने र महिलाहरुमा पनि त्यसैका कारण पाठेघरको क्यानसर हुने गरेकाले त्यस तर्फ सचेतना फैल्याउन आवश्यक रहेको बताए ।
सो अवसरमा बोेल्दै श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालले श्रीकृष्ण प्रणामी सेवा समितिले रक्तदान, आँखा जाँच लगायतका कार्यक्रमहरुलाई निरन्तरता दिदै आइरहदा प्रयास नेपाल र लायन्स क्लव अफ पोखरा स्काइ टाउनको सहयोगमा महिलाहरुको पाठेघरको मुखको क्यान्सरलाई मध्येनजर गरी स्वास्थ्य परीक्षणको कार्यक्रमको आयोजना गरिएको बताए । आगामी दिनमा पनि प्रयास नेपाल संग सहकार्य गरेर स्वास्थ्यको क्षेत्रमा उल्लेख्नीय काम गर्ने ढकालको भनाइ रहेको थियो ।
स्वास्थ्य परीक्षण कार्यक्रममा मेडिसिन कोअर्डिनेटर निलम महर्जन, सिनियर नर्सिङ अफिसर पुष्पा लक्ष्मी महर्जन लगायतले सहजीकरण गरेका थिएभने प्रयास नेपालका कोषाध्यक्ष निरु पराजुली, सह सचिव वुद्धि सागर सापकोटा, सदस्य दुुर्गा थपलिया, लायन्स क्लव अफ पोखरा स्काइ टाउनका पूर्व अध्यक्ष मञ्जु पौडेल भट्टराई, कोषाध्यक्ष मधु पन्थी लगायतको उपस्थिती रहेको श्रीकृष्ण प्रणामी सेवा समितिका सचिव लक्ष्मण बरालले जानकारी दिए ।
भदौ १० गते सम्म सञ्चालन हुने श्रीमदवीतक चर्चा तथा श्रीकृष्ण प्रवचनको ३१ औं दिन शनिवार सम्म आइपुग्दा भक्तजनको आगमन कायमै रहेको छ । प्रवचन कार्यक्रममा युवा सन्तश्री तुलसी स्वरुप महाराज र उपवाचक विष्णु पहारीको प्रवचन र रोशन बन्जरा र सुजन बन्जराको भजन प्रस्तुतीमा भक्तजनहरु मोहित भएका थिए ।
यसैविच भदौ १० गते श्रीकृष्ण जन्माष्टमीको अवसर पारी श्रीकृष्ण प्रणामी युवा परिषदको आयोजनामा खुल्ला रक्तदान कार्यक्रमको समेत आयोजना हुने श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिए ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाली विशेषताको समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम नलिने दृढता व्यक्त गर्नुभएको छ । नेत्रविक्रम चन्दको नेतृत्वमा ...
काठमाडौं: नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले ३४ जना बिरामीको घुँडाको शल्यक्रिया गरेको छ । अमेरिकाको सिकागोमा रहेको ‘अप्रेसन वाल्क सिकागो’ को सहयोगमा आएका विशेषज्ञ चिकित्सक...
कञ्चनपुर: पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । धनगढीबाट महेन्द्रनगर आउँदै गरेको ना ४ ख ७७५५...