उपचारका क्रममा मृत्यु भएको घटना छानबिनका लागि समिति गठन
चितवन | भदौ ५, २०८१

चितवन: भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी भरतपुर महानगरपालिका–१२ घर भई हाल गैँडाकोट बस्ने सम्झना काफ्लेको घटना छानबिन गर्न नौ सदस्यीय समिति गठन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा आज बसेको बैठकले भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा प्रकाश खतिवडाको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको हो ।
समितिमा बिपी कोईराला मेमोरियल क्यान्सर अस्पतालका ऐनेस्थेसियोलोजिष्ट डा प्रदीप थापा, प्रहरी निरीक्षक विवेक घिमिरे, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत अजय शर्मा, जिल्ला प्रशासन कार्यालयका अधिकृत अन्तिम सिञ्जाली तथा पीडितको तर्फबाट रमेश काफ्ले, राजेन्द्र ढकाल, मन्दिरा काफ्ले सदस्य रहनुभएको छ भने तुलसीराम आचार्य सदस्य सचिव रहनुभएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।
समितिलाई एक साताभित्र अध्ययन प्रतिवेदन बुझाउने गरी कार्यादेश दिइएको उहाँले बताउनुभयो ।
यो पनि पढ्नुहोस
अस्पताल प्रशासनले पनि आन्तरिक रूपमा छानबिन समिति गठन गरेको छ । छानबिन समितिको प्रतिवेदनपछि आवश्यक कारबाही अगाडि बढाउने र मृतकको शव आफन्तले अन्तिम संस्कारका लागि लैजाने निर्णयसमेत भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मृतकका परिवारले चिकित्सकको लापर्वाहीले घटना भएको भन्दै शव बुझ्न मानेका थिएनन् ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...