पोखरामा ध्वनी आतंक मच्चाउने १ सय ४९ मोटरसाइकल प्रहरीकाे नियन्त्रणमा (भिडियाेसहित)

सार्वजनिक शान्ति भंग वा अभद्र व्यवहारको कसूरमा मुद्धा चलाउने तयारी

पाेखरा | भदौ २, २०८१

पोखरामा ध्वनी आतंक मच्चाउने १ सय ४९ मोटरसाइकल प्रहरीकाे नियन्त्रणमा (भिडियाेसहित)

पोखरा:    पोखरामा मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाइड) गरिएका १ सय ४९ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । 

 

मोटरसाइकल मोडिफाइड गरि ध्वनी प्रदुषण गरी चलाएको आरोपमा साउन ३० देखि भदौ २ गतेसम्म १ सय ४९ वटा मोटरसाइल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए । 

 

‘कास्की प्रहरी मातहतमा रहेका प्रहरी चौकी र ट्राफिक प्रहरी कार्यालय कास्कीले मोटरसाइकलको स्वरुप परिवर्तन होहल्ला गर्दै हिड्ने, ध्वनी प्रदुषण गर्ने मोटरसाइकलहरु नियन्त्रणमा लिएर कारवाही गर्दै आएका छौं, डिएसपी शर्माले भने, ‘हामीले पछिल्लो ४ दिनमा पुनः अभियान नै चलाएर १ सय ४९ वटा मोटरसाइकल नियन्त्रणमा लिएर कारवाही गर्ने तयारीमा छौं ।’


उ​नले अभियानको क्रममा पहिलो पटके देखि चौथो पटक सम्म मोडिफाइड गरिएका मोटरसाइकललाई कारवाही गर्दा करिव २२ लाख राजश्व संकलन हुने समेत बताए । 

 

उनले यस अगाडि समेत कास्की प्रहरी र ट्राफिक प्रहरीले २०८० असोज २१ देखि अनुमति विना नै मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने २२ वटालाई कारवाही गरिएको समेत बताए । 


मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने (मोडिफाइड) गरी ध्वनी प्रदुषण गर्ने २ हजार ३५ थान मोटरसाइकललाई कारवाही गर्दा २९ लाख ८ सय रुपैयाँ जरिवाना गरिएको उनले जानकारी दिए । 
 

यो पनि पढ्नुहोस

 


कास्की प्रहरीले यस अगाडि मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने ८ जना वर्कसपलाई समेत नियन्त्रणमा लिई मोडिफाइड नगर्ने शर्तमा छाडेको थियो । 


मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने कार्यमा संलग्न सवारी धनी र वर्कसप सञ्चालकहरुलाई मुलुकी अपराध संहिता, २०७४ बमोजिम सार्वजनिक शान्ति भंग वा अभद्र व्यवहारको कसूरमा मुद्धा चलाउने कास्की प्रहरीले जनाएको छ । 

 


स्वीकृति नलिई सवारी साधनको साइलेन्सर, सिट, रंग, स्वरुप, नम्बर प्लेट, लुकिङ ग्लास, सक, ह्याण्डल, इन्जिन चेसिसमा परिवर्तन गर्ने वा ध्वनी प्रदुषण हुने खालका पाटपूर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को बमोजिम रु १५ हजार सम्म जरिवाना हुने व्यवस्था रहेको छ । 



 

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्