हल्लनचोकमा ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल सुरु
म्याग्दी साइलेन्टको विजयी सुरुवात
पाेखरा | भदौ १, २०८१
पोखरा महानगरपालिका ६ हल्लनचोकमा आज देखि ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
हल्लनचोक स्पोर्टस् क्लबको आयोजनामा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आज (शनिबार) देखि प्रतियोगिता सुरु भएको क्लबका सचिव अशोक थापाले जानकारी दिए ।
थापाका अनुसार म्याग्दी साइलेन्टले स्याङ्जा युनाइटेडलाई पराजित गदै म्याग्दी साइलेन्टले विजयी सुरुवात गरेको छ ।
यस्तै दोस्रो खेलमा आयोजकलाई हराउँदै ठाँटी दोस्रो चरणमा प्रवेश गर्याे ।
तेस्रो खेलमा फो ब्रदर्शलाई प्रस्र्याङले पराजित गर्याे । चौथो खेलमा ढिकी डाँडालाई लौरुकले हराउदै अघिल्लो चरणमा स्थान बनायो ।
पाँचौ खेलमा सेती दोभानलाई मामा भान्जाको टोलीले पराजित गर्याे । छैटौं खेलमा मट्टिखानलाई बटालियनले पाखा लगाउदै बटालियन दोस्रो चरणमा प्रवेश गर्याे ।
आज भएको अन्तिम खेलमा स्काई लिंकले ताराखोला जापानलाई पराजित गदै दोसो चरणमा स्थान पक्का गरेको सचिव थापाले जानकारी दिए ।

यसअघि प्रतियोगिताको उद्घाटन सशस्त्र प्रहरी बल कालिका गणका गणपति एसपी अरुण शर्माले गरे ।
उनले सो अवसरमा बोल्दै भलिबलको विकासमा ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगिताले थप टेवा पुर्याउने धारणा राखे ।
खेलकुद अनुशासनको पहरेदार भएको बताउदै उनले खेलाडीलाई अनुशासित बन्न र एकताको सुत्रमा बाध्न सघाउ पुर्याउने बताएका थिए ।
हल्लनचोक भलिबल कोर्टमा यही ३ गतेसम्म चल्ने प्रतियोगितामा कुल २७ टिमको सहभागिता रहेको छ । आइतबार पनि बिहान ८ बजेदेखि नै बाँकी खेलहरु सञ्चालन गरिने क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताको विजेतालाई नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेताले नगद रु २५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

